एशियाको उत्कृष्ट बैंक बन्यो एनएमबि

18

 


काठमाडौं । एनएमबि बैंक लिमिटेड (NMB) ले एशियाकै सर्वोत्कृष्ट ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड प्राप्त गरेको छ ।

बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो ।

द फाईनान्सियल टाइमसको द बैंकर म्यागेजिनले १०३ बर्ष अघि देखि विश्वका उत्कृष्ट बैंक अवार्ड प्रदान गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन् ।

यस अवार्डको लागि एशियाका ४८ वटा देशका बैंकहरु प्रतिष्पर्धामा रहेका थिए । ४८ देशका बैंकहरुलाई पछाडि पार्दै एनएमबि बैंकले यो अवार्ड हात पारेको हो ।

‘बैंक अफ दि इयर एशिया २०२१’अवार्ड प्राप्त गरेसँगै एनएमबी बैंकले इतिहास रच्दै एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको हो । यो अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक हो ।

यससँगै एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने पहिलो बैंक तथा पाँच वर्षमा चौथोपटक बैंक अफ इयर समेत बनेको छ ।