ललितपुर महानगरमा आजबाट बुस्टर डोज खोप, कहाँ कहाँ लगाइँदै छ ?

49

कामठाडौं । ललितपुर महानगरपालिकाले आजबाट सबै वडामा बुस्टर डोज खोप दिँदैछ । महानगरले केही दिनअघि नै जारी गरेको सूचना अनुसार आज र भोलि महानगरका २९ वटै वडामा बुस्टर डोज खोप दिन लागिएको हो ।

दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने महानगरले सूचनामा भनेको छ । खोप लगाउने बेला भएका सबैलाई खोप केन्द्रमा गएर खोप लगाउन महानगरले आग्रह गरेको छ ।

खोप कार्यक्रम बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म चल्ने जानकारी दिइएको छ ।