बनेपामा शंकास्पद वस्तु राख्ने दुई जना पक्राउ

6

बनेपा । बनेपामा शंकास्पद वस्तु राख्ने दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरिएको छ। बनेपा पुल बजारमा शंकास्पद वस्तु राख्ने विप्लव नेतृत्वको नेकपा निकट युवा जिल्ला सदस्य युगन्त लामा र विकेश थिङलाई बनेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु मोटरसाइकलमा आएर शंकास्पद वस्तु राखेर भागेका थिए। तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी बनेपाबाट उनीहरुलाई पक्राउ गरिएको हो। दुबै जना महाभारत गाउँपालिका– ६ का रहेको प्रहरीले जनाएको छ। विकेश थिङ सामान्य कार्यकर्ता रहेको बताएका छन्। शंकास्पद वस्तु कालिजङ गनका नेपाली सेनाले डिस्पोजल गरेसँगै अहिले राजमार्ग खुलेका छन्।