सरकारी जागिर छोडेर गायन क्षेत्रमा सक्रिय गायिका कला लम्साल

21

गायिका कला लम्साल भन्ने बित्तिकै हाम्रो ओठमा ‘चुचेचुचे रैछ नाकै हेर्दा थाहा हुनी, हौली पकै बाहुनी’ गीत आइहाल्छ । करिब ७ वर्ष अगाडी सार्वजनिक भएको यस गीतबाट नै कलाले आफ्नो पहिचान पाएकी हुन् भन्दा पनि फरक पर्दैन ।

तनहुँ जिल्लाको थररु भन्ने ठाउँमा जन्मिएकी कला बाल्यकालमा निकै चन्चले स्वभावको थिइन् । उनलाई सानैदेखि गीत गाउँ न नाच्न असाध्यै मन पर्दथ्यो । त्यसैले स्कूलहरु हुने अधिकांश गायन कार्यक्रममा उनी सहभागी भएकी हुन्थिइन् ।

कलाले एक बैशनभी परिवारको थिइन् उक्त परिवारबाट गायनको लागि अगाडी बढ्नु उनको लागि निकै चुनौती पूर्ण कुरा थियो । घर परिवारमा मात्रहैन आफन्तले पनि उनले गीत गाएको भन्दा पढेको हेर्न चाहन्थे । तर विस्तारै गायनमा आफ्नो पहिचन बनाउँदै गइन् । आफ्नो सपनाको बारेमा बताउँदै गइन् । यसरी उनले २०६५ सालमा पहिलो एल्बम ‘मर्न पाए खुसी हुन्थे’ निकालेकी थिइन् । जसले सोचे जस्तो सफलता हासिल न गरे पनि उनले हिम्मत भने कहिले हारिनन् ।

उनको समाचार बाचिका बन्ने तथा मिडिया क्षेत्रमा पनि काम गर्ने सपना थियो । तर जब उनी गायन क्षेत्रमा रमाउन थालिन उनले अन्य सबै सपनालाई थाति राखिन् । २०६२,६३ सालदेखि औपचारिक रुपमा गायन पेसामा लागेकी कलाले यस क्षेत्रमा नाम बनाउन भइरहेको सरकारी जागिरलाई समेत त्यागेकी थिइन् ।
कुनै समय उनी नेपाल प्रहरीको कला क्षेत्रमा सक्रिय थिइन् । उनीमा गायिका भने भुत यसरी पसेको थियो कि, उनलाई सरकारी जागिरलाई नै आफ्नो सपनाको अगाडी तिलाञ्जली दिइन् ।

कलाको लागि त्यो समय गायन क्षेत्रमा लाग्न आज झै सहज थिइन् । उनी भन्छिन्–‘आज झैँ प्रविधिको समय भए आफ्नो पहिचान बनाउन कति सहज हुन्थ्यो । पहिले गीत बोकेर एफएम रेडियो धाउनु पर्दथ्यो । उनीहरुलाई मन परे बज्थ्यो नत्र बज्दैन थियो । आफु भन्दा ठूला कलाकारले जानी जानी अस्विकार गर्थे । यस्तो देख्दा कहिले काँही त आफ्नो सपना नै बिर्सन मन लाग्थ्यो । ’
मेहेनतको पल मिठो हुन्छ, भने झै उनले आफ्नो पहिचान बनाउन लामो समय संघर्ष गरिन् । जब बजारमा ‘चुचेचुचे रैछ नाकै हेर्दा थाहा हुनी हौली पकै बाहुनी’ गीतले चर्चा पायो उनको कलाको पनि प्रसंसा भयो ।

उनले करिब दुई दशकको अवधिमा तीन दर्जन भन्दा धेरै गीतहरु गाइसकेकी छन् । विशेष गरी पछिल्लो वर्षमा उनले गाएको तीज गीत ‘पातली’ चर्चामा छन् । जसको उनले तीन भाग समेत निकालेकी छिन् । उनले गाएको अधिकांश गीतहरुमा मौलिकपन भेटिन्छ । उनी भन्छिन्–‘मलाई आफ्नो परम्परा संस्कृतिभित्र रहेर गीतहरु गाउँन मन पर्छ ।’ उनी प्रायजसो स्टेजको कार्यक्रममा नेपाली पनमा उपस्थित हुने गरेकी छिन् । उनको आवाजमा आफ्नो मौलिकपन हुने गरेको छ ।

उनी आफूले गाएको धेरै जसो गीतको भिडियोमा आफैँ नै अभिनय गर्छिन् । उनी यो क्षेत्रमा निकै खुसी पनि छिन् । पछिल्लो समय उनी हेमन्त शर्माको साथमा गाएको गीत ‘किन झस्कायौँ’ को प्रमोशनमा व्यस्त छिन् । उनी आफ्नो जीवनकालसम्म यही पेसमा रमाउन चाहन्छिन्