‘सी.जी. स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ स्कीम सार्वजनिक

26

काठमाडौँ । नेपालकै सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ ।

यस स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने सी.जी.ले जनाएको छ । सी.जी. ब्राण्डको यो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास गरेको छ ।

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा रु.५१९० बराबरको आकर्षक सी.जी.को स्पीकर र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा रु.४६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

सी.जी. ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु.१५५० बराबरको सी.जी. भ्याकुम फ्लास्क र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्न सकिने छ ।

यसैगरी, सी.जी. ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् । सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यो स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ ÷ सिलिङ क्यासेट÷ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४००० बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् । यो आकर्षक योजना कम्पनीले यही चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने भएको छ ।