गायिका बुनु श्रेष्ठको आवाजमा ‘चाहे जुन सम्झ’ गीत सार्वजनिक

17

काठमाडौं । चर्चित गायिका बुनु श्रेष्ठको आवाजमा ‘चाहे जुन सम्झ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार प्रकाशदीप श्रेष्ठको शब्द तथा निल शाक्यको संगीत रहेको उक्त गीत स्टुडियो साउण्ड मिलमा रेकर्ड गरिएको हो ।

भुपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेको उक्त गीतको रेकडिङ्ग फुर्वा पाख्रिन तामाङ्गले गरेका हुन् । उक्त गीतमा मिक्सिङ्ग तथा मास्टरिङ्ग महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

गीतको भिडियोलाई स्टुडियो साउण्डमिलको बजार ब्यबस्थापन एवं निर्माणमा स्टुडियो साउण्डमिलकै अफिसियल युट्युव च्यानल मार्फत प्रकाशन गरिएको हो । गायिका बुनु श्रेष्ठको अभिनय गरेको उक्त गीतको भिडियोको निर्देशन पार्वती (पारु) तिमिल्सिनाले गरेकी हुन् ।