ग्रामी अवार्ड पाउने अरुज पहिलो पाकिस्तानी गायिका

19

काठमाडौं । पाकिस्तानी गायिका अरुज आफताबले सन् २०२२ को ग्रामी अवार्डमा आफ्नो गीत ‘मोहब्बत’ का लागि बेस्ट ग्लोबल म्युजि परफर्मेन्स अवार्ड हात पारेकी छन् । यो उनको करियरको पहिलो ग्रामी अवार्ड हो ।

अरुज आफताब ग्रामीका लागि मनोनीत हुने पहिलो पाकिस्तानी महिला पनि हुन् । आरुज आफताबलाई उत्कृष्ट नयाँ कालाकारका लागि पनि मनोनीत गरिएको थियो ।

अवार्ड लिँदै भनिन्, ‘मैले यो गीत ती सबै चीजका लागि बनाएको हुँ जसले मलाई तोडे र फेरि जोडे । यसलाई सुन्न र आफ्नो बनाउनका लागि धन्यवाद ।’ यस श्रेणीमा एंजेलिक किडजू र बर्ना ब्वाय, फेमी कोटी, यूयूमा र विजकेड फुट टीम पनि मनोनयनमा परेका थिए ।