आर्गानिक उत्पादन नै हाम्रो प्राथमिकता हो–राज गोपाल सापकोटा

55


फेमली ट्रेड इन्टर प्राइजेज लिमिटेड पोखरा कम्पनीका एक कुशल प्रतिनिधि हुन् राज गोपाल सापकोटा ‘कार्बनल प्रोफेसनल हङकङ’ ब्राडले उत्पादन गरेका कस्मेटिक प्रोडक्टसँग जोडिएर उनी लामो समयदेखि काम गरिरहेका छन् । पोखराबासी भएको नाताले उनी लगायत उनको परिवारले नै पोखराबाट यस कम्पनीले उत्पादन गरेको प्रोडक्टको व्यापार गर्दै आएका छन् । ‘कार्बनल प्रोफेसनल हङकङ’ ले उत्पादन गरेका प्रोडक्टहरु काठमाडौँ भन्दा अहिले बाहिर जिल्लाहरुमा चर्चामा छ । पछिल्लो समय ग्राहकहरुले दिएको सकरात्मक प्रतिक्रिया अनुसार काठमाडौंमा पनि ‘कार्बनल प्रोफेसनल हङकङ’ का उत्पादित प्रोडक्टले राम्रो प्रतिक्रिया पाइरहेको छ । कम्पनीको नारा ‘परिवारको राम्रो जीवन शैलीसँगको कपाललाई प्राकृतिक पूर्णता दिनु हो ’

तपाईं यो व्यवसायमा कसरी लाग्नु भयो ?
हामीले करिब ६,७ वर्ष अगाडी पारिवारिक व्यापार सञ्चालन गरेका थियौँ जसमा सुरुवाति दिनहरुमा कपडाको आयात गर्दथ्यो । बीचमा त्यसलाई छोडेर कस्मेटिकसँग जोडिएका हौँ । यसरी नै म यस पेसामा जोडिएको हुँ ।
‘कार्बनल प्रोफेसनल हङकङ’ का प्रोडक्टको व्यापार कहाँबाट सुरु गर्नुभयो ?
खासमा हामी पोखरा बासी भएकोले हामीले ‘कार्बनल प्रोफेसनल हङकङ’ का प्रोडक्टको व्यापार पोखराबाट नै सुरु गरेका हौँ । काठमाडौँलाई मध्यनजर गर्ने हो भने हाम्रो प्रोडक्ट यहाँ भन्दा बाहिरी जिल्लाहरुमा धेरै परिचित छ ।

काठमाडौं उपत्यकामा यस प्रोडक्टको स्थान कस्तो छ त ?
हामीले काठमाडौं भन्दा बाहिर राम्रो प्रतिक्रिया आएपछि नै यहाँ प्रोडक्टको प्रचारप्रसार गर्न थालेका हौँ । एक वर्ष अगाडी हामीले केमिकल सेमिनार पनि काठमाडौँमा नै गरेका थियौँ जसमा टेक्निसियन रायन राईले हामीलाई साथ दिएका थियौँ । काठमाडौं, भक्तपुर, ललितपुरमा रहेका व्यवसायीक सौन्दर्यविद्हरुले दिएको अथाहा माया र साथको कारण हाम्रो प्रोडक्टको रोजाई र खोजाइमा पर्न सफल भएको छ । । पछिल्लो समय काठमाडौंको मूख्य शहरमा हाम्रो कम्पनीका प्रोडक्टको माग पनि बढ्दो क्रममा छ ।

तपाईंको कम्पनीले कस्तो प्रोडक्ट उत्पादन गरिरहेको छ ?
विशेष गरी हाम्रो कम्पनीले पार्लरमा आवश्यक पर्ने सबै प्रकारका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ । पार्लरमा पनि स्किन र हेयर दुई पार्ट हुन्छन् । अहिले हामीसँग पूर्ण रुपमा हेयरका प्रोडक्टहरु छन् ।

हेयरसँग सम्बन्धी के के प्रोडक्ट छन् ?
हेयरमा लगभग हामीसँग चार किसिमको ट्रिटमेन्ट,जसमा १०० प्रतिशत ड्यामेज रिपियर,डबल ट्रिटमेन्ट, पपया ट्रिटमेन्ट केराटिन रहेका छन् । अर्को हामीसँग भिटिमिन इ स्याम्पु कन्र्डिसनर,विथ कोल्याजन टू इन वान स्याम्पु कन्र्डिसनर, एन्टी ड्यान्ड्रफ, हेयर लसको केटारटिन अर्गान भनेर कर्लर स्ट्रेट र केराटिन, हेयर कर्लर, फो डेप्लोपल ब्लिचिङ पाउडर रहेको छ ।

कति प्रकारका स्ट्रेट क्रिम छन् ?
हामीसँग थ्रि वान,पपया फ्लेबर, र क्यासियो नामक स्टे«ट क्रिमहरु छन् । त्यस्तै हेयरको लागि पर्पल स्याम्पु,आर्गान ओयल सिरम,असायी ओयल रहेका छन् ।

आर्गान र असायी ओयल भनेको के हो ?
अर्गान ओयल एक बिरुवाको तेल हो । आर्गन रूख (अर्गानिया स्पिनोसा एल) को कर्नेलबाट उत्पादन गरिन्छ । यसको उत्पादन मोरोस्कोबाट भएको हो । यसको प्रयोगले स्वास्थ्यमा पनि निकै फाइदा पुर्याउँछ । पछिल्लो समय कस्मेटिक प्रोडक्टमा प्रयोग गरिन्छ । त्यस्तै असायी ओयल असायी पाम नामक फलबाट बनाइन्छ । यो फल अमेजन वर्षाबनमा पाइन्छ । यसको कर्लर पर्पल हुन्छ । । यसमा धधेरै प्रकारका एसिडहरु जस्तै,भ्यालिनिक एसिड,सिरिन्जिक एसिल,लगायत पाइन्छ ।

तपाईंहरुसँग कति प्रकारका हेयर कर्लर छन् ?
हामीसँग १०० एमएलको ५० भन्दा धेरै हेयर कर्लरहरु छन् । हामीसँग चार वटा डेप्लोपर छन् ।

‘कार्बनल प्रोफेसनल हङकङ’ का प्रोडक्ट कसरी पोखरा आइपुग्छ ?
हाम्रो कम्पनीमा आउँने सबै प्रोडक्टहरु बाहिर नै सिल प्याक भएर आएका हुन्छन् । कस्मेटिक प्रोडक्टहरु बाहिरबाट विभिन्न ड्रमहरु ल्याएर पछि भर्ने तथा बनाउने गरिन्छ । तर हामो कम्पनीका प्रोडक्टहरु बन्ने क्रममै सबै बोतल तथा प्याकहरुलाई भाइरस फ्रि बनाइएको हुन्छ । हाम्रो कम्पनीका प्रोडक्डले उत्पादिन देशका स्वास्थ्यसँगका मापदण्ड पुरा गरेर मात्र नेपाल आउँछ । त्यसैले हाम्रो प्रोडक्टस् फिनिस् गुड्सको रुपमा आउने गर्छ ।

कस्टोमरले तपाईंकै प्रोडक्ट किन रोज्ने ?
पहिलो कुरा हामीले उत्पादन गरेका हरेक प्रोडक्ट अर्गानिक हो । हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्टमा केमिकलको मात्र एकदमै कम प्रयोग भएको छ । हाम्रो प्रोडक्टमा स्क्यानर हुन्छ । जसमा कस्टोमरले कुन प्रोडक्ट कहाँ कसरी उत्पादन भएका हुन् सबै हेर्न सक्छन् ।

आगामी दिनको योजना के छ ?
हामीले पूर्ण रुपमा हेयर सम्बन्धी प्रोडक्टहरु बजारमा ल्याइसकेका छौँ । अबको हाम्रो योजना भनेको स्किन सम्बन्धी प्रोडक्टलाई विशेष प्राथामिकता दिने हो । यसका लागि हामीले विशेष तयारी पनि गरिरहेका छौँ । हाम्रो अबको मूख्य योजना भनेको पैसालाई प्राथामिकता राख्नु भन्दा पनि हरेक ठाउँमा आफैँ नै पुगेर हरेक व्यक्तिलाई आफ्नो प्रोडक्टको बारेमा बुझाउँदै जाने हो । यसलाई समय त लाग्छ, हतारमा हिडेर लड्नु भन्दा बिस्तारै हिडेर सुरक्षित गन्तव्यमा पुग्नु हो ।

कोरोना कालपछि व्यापारको तथा प्रचार प्रसारको अवस्था कस्तो छ ?
कोरोना महामारीपछि हाम्रो व्यापारलाई पनि निकै असर परेको छ । मानिसहरुमा केही मात्रामा आर्थिक मन्दी छाएको छ जसले गर्दा साचे झै प्रचार र व्यापार हुन सकेको छ । भनेको समयमा बाहिरबाट समान आइपुग्न पनि ढिला भइरहेको छ ।

पछिल्लो समय कस्मेटिक बजारमा ‘कार्बनल प्रोफेसनल हङकङ’ प्रोडक्टले आफ्नो नाम उच्च पारिरहेको छ । यस कम्पनीका म्यानेजिङ डाइरेक्टर नेत्र प्रसाद तिमल्सिना हुन् ।