‘सौगात मन्टेश्वरी स्कुलमा बाल साहित्य महोत्सव’ सम्पन्न

16

काठमाडौं । विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सौगात मन्टेश्वरी स्कुलले हरेक बर्ष ‘बाल साहित्य महोत्वस’ आयोजना गर्दै आएको छ ।

काठमाडौंको मैत्रीनगर २, कीर्तिपुरमा अवस्थित सौगात मन्टेश्वरी स्कुलको आयोजनामा भएको यस वर्षको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरि सम्पन्न भएको छ ।

उक्त महोत्सव अबलोकनका लागि कीर्तिपुर, कलन्की सतुङल र थानकोट देखि ज्ञढ वटा विद्यालयले सहभागीता जनाएका थिए। महोत्वसमा पाठक रङ्गमञ्च, साहित्यिक कार्यशाला, छन्द वाचन, विद्यार्थीहरुले तयार पारेका पुस्तक,पुस्तक समीक्षा, कथा बादल, कथा चक्र, कथा माला, कथा चित्रण,लेखक अध्ययन प्रदर्शनी लगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

यति धेरै अबलोकन कर्ताले हाम्रा नानीबाबुको क्रियाकलाप अबलोकन गरिदिनु भएकोमा हामी धेरै खुसी छौँ, विद्यालयका प्रधानध्यापक राज्यलक्षमी वैदारले भन्नुभयो, विद्यार्थीहरुको चौतर्फी विकासको लागी हामीले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै जानेछौँ । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।

एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने सम्पूर्ण अबलोकन कर्ताको बुझाई छ। साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने गर्दछ।

पठन संस्कृतिको विकास होस् भन्ने हेतुले आयोजित कार्यक्रममा दर्शकहरुको सकारात्मक तथा उत्साहजनक उपस्थिति रहेको थियो । सबैको माया र उत्साहजनक उपस्थितिले आफूहरुलाई थप हौसला प्रदान गरेको पनि प्रधानध्यापक वैदारले बताउनुभयो । सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणमा यस्ता किसिमका महोत्सवहरु आवश्यक भएकाले यसले आगामी दिनमा निरन्तरता पाउने अबलोकन कर्ताको निष्कर्ष थियो ।