युरो स्टार मन्टेश्वरी स्कुलको चौथो ब्रान्च काठमाडौंको चुचेपाटीमा

188


काठमाडौं । युरो स्टार मन्टेश्वरी स्कुलको चौथो ब्रान्च सञ्चालनमा आएको छ ।
बुधबार काठमाडौंको चुचेपाटीमा युरो स्टार मन्टेश्वरी स्कुलको चौथो ब्रान्च उद्घाटन गरिएको हो ।

युरो स्टार मन्टेश्वरी स्कुलको फाउन्डर दीपा पाण्डेले अभिभावकको साथ सहयोग र मायाले मन्टेश्वरीको चौथौँ ब्रान्च सञ्चालनमा आएको बताएकी छन् ।

उद्घाटन कार्यक्रममा उनले भनिन्–‘हाम्रो पहिलो प्राथामिकता विद्यार्थीलाई व्यवहारिक संस्कारसहितको शिक्षा प्रदान गर्नु हो । ’

युरो स्टार मन्टेश्वरीको अन्य शाखाहरु कोटेश्वर, गोठ्ठाटार र गौरीघाटमा रहेको छ ।