गुणस्तरीय प्रोडक्स उत्पादन गर्नु नै हाम्रो लक्ष्य हो

43


सुदर्शन के.सी राधे राधे ट्रेड कन्र्सन प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर हुन् । उनी करिब २२ वर्षदेखि कस्मेटिक क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन् । काभ्रेपलाञ्चोकको पनौती सुन्थानमा २०३८ साल जन्मिएका उनी २०५६ सालमा एसएलसी दिएर जागिरको शिलशिलामा काठमाडौँ आएका थिए । उनले यस क्षेत्रमा आफ्नो करियर यात्रा र जब होल्डरको रुपमा काम गरेका थिए । उनले झण्डै आधा दर्जन भन्दा बढी कम्पनीमा काम गरिसकेका छन् । जहाँ उनले म्यानेजिङ डाइरेक्टरर देखि लगानीकर्ता समेतको भूमिका निभाइसकेका छन् ।

तपाईं कस्मेटिक क्षेत्रमा कसरी लाग्नु भयो ?
खासमा म, गाउँबाट जागिरको शिलशिलामा काठमाडौँ आएको थिए । मैले पहिलो जागिर नै कस्मेटिक क्षेत्रमा पाए । मैले लोरियल पेरिस नामको कम्पनीमा मार्केटिङको काम गर्ने मौका पाए । विस्तारै यो क्षेत्रमा नै मेरो मन लाग्दै गयो ।

तपाईंले त्यो कम्पनीमा कति वर्ष काम गर्नु भयो ?
मैले लोरियल पेरिसमा करिब १० वर्ष मार्केटिङको जिमेवारी सम्हाले । मैले होलसेल, भाटभटिनी मख्खन लगायतका क्षेत्रमा लोरियलका प्रोडक्स् पठाउँथे । तर काम गर्दा गर्दै विदेशको कामको अनुभव लिन मन लाग्यो अनि विदेशिय ।

विदेश जान मन किन लाग्यो ?
मैले काम गरेको क्षेत्रमा मेरो करियर राम्रो नै थियो । तर मलाई विदेशी कामको पनि अनुभव गर्न मन लाग्यो । फेरि नेपालमा नै केही गर्नुपर्छ भन्ने उदेश्यले एक वर्षमा नै नेपाल फर्किए ।

नेपाल फर्किएर फेरी कसरी यो क्षेत्रमा लाग्नु भयो ?
नेपाल आएपछि साथीहरुले मलाईं यही क्षेत्रमा केही काम गर्न सुझाव दिए । सन् २०११ मा डिलरको रुपमा रेबलन कम्पनीको काम गरे । जति बेला नेपालमा चाइनीज प्रोडक्स् आइरहेको थियो । मैले कस्मेटिक क्षेत्रमा आफ्नो लामो समयको अनुभाव बटुलेको थिए । अनि आफैँले कस्मेटिक क्षेत्रमा राम्रो प्रोडक्स् बनाउने योजना बनाए । अनि किम्बो केराटिन भन्ने ब्राण्ड लन्च गरे ।

ब्राण्ड नै बनाउने योजना कसरी बनाउनु भयो ?
लामो समय कस्मेटिक क्षेत्रमा काम गर्दा मैले ग्राहकको समस्याहरु के–के हो भन्ने कुरा बुझेको थिए । हेयर र स्किनमा उनीहरुलाई धेरै समस्या आइरहेको थियो । त्यसको समाधानको लागि मैले किम्बो केराटिन ब्राण्ड लन्च गरे । किम्बो केराटिन ब्राण्डका हेयर र स्किन सम्बनधी सबै प्रकारका प्रोडक्स् काजल केमिकल एण्ड कस्मेटिक प्रोडक्सन कम्पनीले उत्पादन गर्छ ।

यो ब्राण्डले सुरुमा कस्तो प्रोडक्स् उत्पादन गरेको थियो ?
सुरुमा हाम्रो कम्पनीले हेयरसम्बन्धी प्रोडक्स् ल्याएको थियो । जसमा केराटिन ओयल, केराटिन ट्रिटमेन्ट, केराटिन स्याम्पू उत्पादन गरेको थियो । विशेष गरी हामीले पार्लरलाई टारगेट गरेर प्रोडक्स् उत्पादन गरेका थियौँ । त्यसमा राम्रो रिजल्ट पनि पायौँ । त्यसैको सफलता स्वरुप बोटक्स क्र्याब भन्ने कम्पनी लन्च गर्यौँ । यसमा हेयर र स्किन केयर सम्बन्धी प्रोडक्स् छन् ।

बोटक्स कम्पनी लन्च गर्ने योजना कसरी बन्यो ?
किम्बो केराटिन कम्पनीका प्रोडक्सले बजारमा राम्रो छाप बनायो । त्यसका लागि हामीलाई धेरै व्युटिसियनहरुले सहयोग गर्नु भएको थियो । त्यसपछि हामीले उहाँहरुको विचारबाट प्रोत्साहन भएर अझैँ राम्रो प्रोडक्स् बनाउने हिम्मत जुट्यो । फलस्वरुप यस कम्पनीले अमेरिकन कन्सेप्टमा हेयर र स्किनमा आएको समस्याहरु समाधान गर्नको लागि बोटक्स कम्पनी लन्च गर्यो । क्र्याब ब्राण्डले बोटक्स ट्रिटमेन्ट, हेयर बोटक्स प्रोटिन, फेस सिरम, भिटामिन सी, क्लिङजिङ, मस्चुराइजर, हेयर सिरम, टोनर, लगायतका प्रोडक्स् लन्च गरिसकेको छ ।

यस कम्पनीले कस्तो प्रोडक्स् उत्पादन गर्छ ?
यस कम्पनीले नेचुरल कि प्रोडक्स् तथा अर्गानिक इन्डिग्रेन्सहरु राखेर आफ्ना उत्पादन गर्दछ । स्किन र हेयर सम्बन्धी विभिन्न प्रकारका प्रोटिन र भिटामिनहरु राखेर प्रोडक्स् तयार पार्दछ । हाम्रो मूख्य उदेश्य नै हेयर तथा स्किनको लागि जसले हाम्रो प्रोडक्स् प्रयोग गर्छन् उहाँहरुले सतप्रतिशत सन्तुष्टि प्राप्त गर्न सक्नु हुनेछ भन्ने हो ।

तपाईंको प्रोडक्स् नै किन रोज्ने त ?
बजारमा आएका विभिन्न किसिमका कम क्वालेटिका प्रोडक्स्को अगाडी हाम्रो कम्पनीले राम्रो, कस्टोमरलाई चित्त बुझ्ने प्रोडक्स् उत्पादन गरेको छ । हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्स्को गुणस्तरमा केही कमि छैन । यसर्थ, पनि आफूले खर्च गरे अनुसारको रिजल्ट प्राप्त गर्नको लागि किम्बो र क्र्याबकै प्रोडक्स् रोज्न आग्रह गर्न चाहन्छु ।

तपाईंको अबको योजना के छ त ?
कोरोना कालले गर्दा हाम्रो कम्पनीले पुरै मार्केटमा आफ्नो प्रोडक्स्हरु पुर्याउन सकिरहेको थिएन । अबको हाम्रो योजना नेपालभरी पुर्याउने रहेको छ । जसले गर्दा हाम्रो सम्पूर्ण ग्राहकहरुलाई यस कम्पनीको प्रोडक्स पाउन सहज हुने छ । कम पैसामा राम्रो क्वालेटि दिने हाम्रो प्रतिबद्धता छ । बजारमा आएका स्किन र हेयरका समस्यालाई अध्ययन गरेर अझैँ राम्रो प्रोडक्स् उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले इन्डियामा अत्याधुनिक मेसिनहरु तथा ल्याब राखेर उत्पादन सुरु गरिसकेका छौँ ।

आफ्नो उत्पादनहरु सामाजिक सञ्जालमा कतिको राख्नु हुन्छ ?
हामीले उत्पादन गरेको प्रोडक्स् सामाजिक सञ्जालमा नराखी अहिलेको अवस्थामा मार्केटिङ गर्न निकै कठिन छ । त्यसैले हाम्रो ‘केराटिन नेपाल’ भन्ने फेसबुक पेज छ । जसमा हामीले हाम्रो उत्पादनका सबै प्रोडक्स् तथा जानकारी राख्ने गरेका छौँ ।