धर्यताले नै मलाई सफल हुन सिकायो

166


सौन्दर्य पेसा जीवन परिवर्तनको एक उपयुक्त क्षेत्र हो । हरेक मान्छेको जीवनमा एक सपना हुन्छ, कसैको सपना पुरा हुन्छन् त कसैको अघुरो नै रहन्छ । तर जीवनमा आएका अनेकौँ चुनौतीलाई पार गर्ने शाहस,आत्मा विश्वास,धर्यता,मेहेनत र लगनशीलता भयो भने अधिकांशको सपना पुरा हुन्छ ।

यसरी नै अथाह संघर्षको बाटोलाई पार गरेर आएकी एक व्युटिसियन हुन् सुभेक्षा क्षेत्री । बर्दियाको महरागडीमा २०५२ साल पुष २० गते धनबहादुर क्षेत्री र लक्ष्मी क्षेत्रीको कोखबाट उनको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएकी उनले बाल्यकालदेखि नै जीवन धेरै संघर्ष गर्न पर्यो ।

उनी जन्मिएको ६ महिनामा बुबा मृत्यु भयो । आमाले पनि उनलाई छोडर अर्को विवाह गरिन् । उनको बाल्यकाल केही सयमा मामा घरमा बित्यो । त्यसपछि आफ्नो छोरा छोरी नभएकोे एक नजिकको आफन्तकोमा पुगिन् । जसले उनलाई आफ्नै सन्तान बनाउँछु भनेका थिए ।

आफ्नो आमा बुबाको ठाउँ अरु कसैले लिन त कसरी सक्थे र, तर पनि उनले केही समय त्यही आफन्तको घरमा नै बाल्यकाल बिताइन् । उनले त्यहाँ सानैदेखि घर धन्दा गर्नु पर्दथ्यो र सानो–सानो कुरामा बचन सुन्न पर्दथ्यो । स्र्ववर्गी पिताको नाम जोडिएर आएको गालीले उनलाई असय पीडा हुन्थ्यो । त्यही कारण उनी त्यहाँबाट अर्को आफन्तकोमा पुगिन् ।
परिवारमा दाई र दिदी त थिए उनको तर उनीहरु पनि सानैदेखि घर भन्दा बाहिर नै बस्थे । जसले गर्दा उनले धेरै समयमा मामा घर र आफन्तको घर गरेर बिताउन बाध्य भइन् । अर्को आफन्तकोमा परिवारमा उनले चाहेको जस्तो माया र व्यवहार पाइनन् । उनलाई त्यो दिन अझैँ याद आउँछ, जतिबेला चप्पल चुडिँदा, गाँसेर लगा भन्थे । उनीहरुले लगाइसकेको लुगा लगाउनु पर्दथ्यो,वर्षमा एक जोरा नयाँ लुगा लगाउँनको लागि दशैँ नै आउनु पर्दथ्यो ।
उनको दैनिकी यसरी नै बित्थ्यो । आमा बाबा नहुँदा लगाएको बचन, पराईलाई झैँ गरिने त्यो कठोर व्यवहार सहन नसकेर उनी फेरी पहिलेकै आफन्तकोमा पुगिन् ।
तर त्यहाँ आफन्तको व्यवहार झन कठोर भएको थियो । जहाँ उनले विना कारण झगडादेखि मानसिक मात्र हैन शारीरिक यातना पनि भोगिन् ।

बाल्यकाल पढ्ने, खेल्ने साथी भाईसँग रमाउने समयमा उनले जिउनकै लागि धेरै संघर्ष गर्न पर्यो । आफ्न्त मामाघर जता पुगेपनि उनको लागि कसैले आफ्नो हो भन्ने महसुस गराएनन् । सबैले एक कामदारको व्यवहार मात्र गरे ।

उनलाई पार्लर सिक्न धेरै मन पर्दथ्यो । जतिबेला उनी ७ कक्षामा अध्यनरत थिएन् । उनले गाउँकै एक जना दिदीसँग पार्लर सिक्ने मनसाय बताइन् । तर पार्लर सिक्ने बजेट उनको क्षमता भन्दा धेरै थियो । तर पनि उनलाई केही सिक्नु थियो । आफन्तले लगाएको बचनको गुण लगाउनु थियो ।

त्यसैले उनी विहान स्कुल जाने,दिउँसो धान काट्न ज्यालामा जाने गर्थिन । आफन्त उठ्नु अगाडी गाउँमा नरिवलको लड्डु, भेली भुजा बनाउन जान्थिइन् । जतिबेला तातोले गर्दा हातका सबै छालाहरु पिल्सिन्थे । तर उनलाई जसरी पनि व्युटिसियन बन्नु थियो । सानैदेखि जे काम पनि आँटेपछि जसरी पुरा गर्नै पर्दथ्यो । उनले पार्लर सिक्नको लागि ३ महिना लगाएर २० हजार जम्मा गरेकी थिइन् । जहाँबाट उनको पार्लर यात्रा सुरु भयो ।
उनी काममा लगनशील थिइन् सबैले उनलाई यस क्षेत्रमा काम गर्न सीटिभिटीमा सिकेको हुनुपर्छ भनेपछि दशैँमा टिका लगाइएको र आफन्तले दिएको पैसा जम्मा गरेर ८ हजारमा सिटिभिटीबाट पार्लर सिकिन् ।

उनले आफ्नै गाउँमा अरुले लिने भन्दा कम पैसामा काम गरेर आफ्नो लागि खर्च जम्मा गर्ने गर्थिन् । उनले आफन्त र आमालाई म केही गर्न चाहन्छु लगानी गरिदिनु भनेर धेरै आग्रह गरिन् तर आफन्तले मान्नुको सट्टा उल्टै आमा बुबाको नाम लिएर कराउने गरेसी उनी घरबाट काठमाडौँ जान्छु भनेर पोखरा साथीकोमा आइन् ।

साथीकोमा एक महिना बिना काम उनी बसिन् । जतिबेला उनी परिवारको सम्पर्कमा नै आइनन् । साथी मार्फत उनले यही क्षेत्रमा मार्केटिङको काम पाइन् । उनले पोखराको गल्ली गल्लीमा पुरेर घाम पानी न भनि मेहनत गरिन् । यसरी ७ हजारबाट सुरु भएको उनको तलब ३५ हजार माथि पुग्यो ।

कमाउने भएपछि उनलाई फेरी आफन्तले बोलाए । उनले आफ्नो सम्झेर सबै कुरा भुलेर गाउँ गइन् । पहिलो केही महिना त राम्रो थियो । तर पछि पुरानै व्यवहार दोहोरियो । त्यसपछि ३ रुपैयाँ व्याजमा ५० हजार ऋण गरेर उनी काठमाडौँ आइन् ।

काठमाडौं आएपछि उनी केही दिन दिदीकोमा बसेर होस्टेल बसिन् । ८ हजार भाडा हुँदा ७ हजारबाट फेरी पार्लरमा काम गर्न सुरु गरिन् । उनलेसँगै मेकअप सिकिन् जहाँ सिक्न थालेकी थिइन् त्यही काम गरिन् । उनी मेकअप सिक्नको लागि विदेश पनि पुगिन् ।
तर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो दाईको सहायतामा बानेश्वरमा ‘रिभाक्प व्युटि पोइन्ट भन्ने पार्लर खोलिन् । जहाँ खेलुको ७ वर्ष भयो । उनले त्यही पार्लर मुलपानी मनोहर ग्रिन सिटी कोलनी ‘रिभाम्प हेयर एण्ड व्युटि सलोन’ भनेर खोलेकी छिन् ।

काठमाडौँ आएपछि पनि उनले धेरै संघर्ष गरिन् आफन्तले लगाएको बचनले नै उनलाई अगाडी बढ्ने हौसला दियो । आफ्नै परिवार आफ्नो भएनन् तर उनको जीवनमा एक साथी आए । जसले हरेक दुखमा म छु भन्ने आभास मात्र दिलाएनन् अगाडी बढ्न हौसला पनि दिए । उनलाई आफैँमा पनि एक दिन सफल हुन्छु भन्ने विश्वास थियो । त्यसैले उनी भन्छिन्–धर्यताले नै मलाई सफल हुन् सिकायो ।’ प्रस्तुति : आयुष्मा बस्नेत