
काठमाडौं । बलिउड फिल्म ‘भूल भुलैया २’ को मुख्य भूमिकामा छन् कार्तिक आर्यन । उनले फिल्ममा बाबाको भूमिका निभाएका छन् ।
एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।
भूल भुलैया २ मा पहिलो पटक कियारा आडवाणी र कार्तिक आर्यनको जोडी देख्न पाइन्छ ।
उनले पर्दामा मञ्जुलिकाको भूमिकामा देखिनेछिन् । जसका लागि उनले २ करोड भारतीय रुपैयाँ शुल्क लिएको बताइएको छ ।
यो चलचित्र २० मेदेखि हलहरूमा आउने तयारीमा रहेको छ ।
