रञ्जु दर्शना गरिन् विवाह

98

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक समेत रहेकी नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् । दर्शनाले बुधबार किशु कुइँकेलसँग विवाह गरेकी हुन् ।

गत फागुनमा दर्शना र कुइँकेलबीच इन्गेजमेन्ट भएको थियो । झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध भएकी दर्शन पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनदेखी निरन्तर चर्चामा थिइन । २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा उठेर तेश्रो बनेकी थिइन ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र विवेकशील बीच एकिकरण भएर विवेकशील साझा पार्टी बनेपछि चुलिएको विवादका कारण दर्शनाले पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी अहिले कुनै पनि राजनीतिक अभियानमा जोडिएकी छैनन ।