जीवन भोगाई : भगवानप्रति मेरो धेरै आस्था छ

61

जीवन अनवरत रुपमा चलिरहने एक यात्रा हो । आमाको पेटदेखि मानिसको जीउने यात्रा सुरु हुन्छ अनि अन्तिम सास रहेसम्म त्यो यात्रा कायम रहन्छ । यस बीचको अवधिमा नै मानिसले वास्तविक जीवनको अर्थ बुझ्न पाउँछ ।

हिड्दै सिक्दै गर्दा धेरै पटक लडे झैँ जीवन जीउने क्रममा दुख अनि सुखका धेरै बाटोहरुलाई पार गर्नुपर्छ । त्यही बाटो हिड्ने क्रममा बटुलिएका भोगाई र अनुभवले नै अझैँ अगाडी बढ्ने प्रेरणा दिइरहेको हुन्छ ।

स्पष्ट वक्ता, भगवनाप्रति अथाहा आस्था र विश्वास गर्ने एक निडर महिला तथा समाजसेवी बाबा सरकार श्रेष्ठको जीवन भोगाई उहाँकै शब्दमा…

काठमाडौंको फसिकेब निवासी बुबा कृष्णमान श्रेष्ठ र मुवा रत्नेश्वरी श्रेष्ठको कोखबाट मेरो जन्म भएको हो । त्यही बेला मेरो बुबा अञ्चालाध्यश हुनु हुन्थ्यो । मुवा सरकारी कर्मचारी हुनुहुन्थ्यो । मुवा बुबाको साथमा बुबा जानु भएको विभिन्न ठाउँमा जानु हुन्थ्यो । आमाले बीरगञ्जमा पौढ शिक्षा पढाउनु हुन्थ्यो । हजुरबुबा शंकरमान श्रेष्ठ हिराको व्यापारीको हुनुहुन्थ्यो । हजुरबुबालाई सबै जनाले हिराको साहु भनेर चिन्ने गर्नुृ हुथ्यो । हाम्रो परिवारमा धेरै जना व्यापारिक क्षेत्रमा हुनुहुथ्यो । तर बुबाले व्यापारलाई छोडेर राजनीतिलाई रोज्नु भएको थियो ।

म एक सम्पन्न परिवारको छोरी थिए । हामी पाँच जना दिदी भाईको म कान्छी बहिनी थिए । सबैको माया र स्नेहमा मेरो बाल्यकाल बित्यो । मैले अन्य नेपाली दिदी बहिनीले भोगेको जस्तो पीडाहरु भोग्जुपर्ने दिन आएन । म सानैदेखि रमाइलो वातावरणमा हुर्केको थिए । सेनमेरिज स्कूलबाट मैले एसएलसी दिएको थिए ।

मेरो साथीसँग धेरै विदेशका साथीहरुसँग हुन्थ्यो । अहिलेको जस्तो अत्याधुनिक बस्तुहरु त्यो समयमा थिएन । त्यसैले हामी साथीहरु शनिबारको दिन रमाइलो गर्न गोकर्णमा घोडा सिक्न र घुम्न जान्थ्यौँ । मेरो आफ्नै छोडा थियो मेघराज । म सानैदेखि सोल्टीमा स्युमिङ गर्न जान्थे ।

मेरो बाल्यकाल यसरी नै बित्यो । हामी न्युरोडबाट चाकुपाट भन्ने ठाउँमा पाटन ढोकोको बीचमा सरेका थियौँ । एसएलसी दिएर बसेको थिए । त्यतिबेला म १६ वर्षको मात्र थिए । राष्ट्रिय पत्रिका राइजिङ नेपालमा मैले एउटा विज्ञापन देखे

विज्ञापनमा उप सम्पादको पोस्ट मागेको रहेछ । मेरो स्कूलमा पनि अंग्रेजी ठिकै थियो । फेरी सानैदेखि विदेशी साथीहरु धेरै भएकोले होला । मलाई एक पटक आफ्नो अंग्रेजीको परीक्षण गर्न मन लाग्यो ।

घरमा मैले कसैलाई नभनि परीक्षा दिन म राइनिङ नेपालको कार्यलयमा पुगे । त्यहाँ म भन्दा धेरै सिनियर व्यक्तिहरु हुनुहुन्थ्यो । म भर्खर एसएलसी दिएको त्यहाँ धेरै मास्टर गरेका उमेरले परिपक्क भएका व्यक्तिहरु थिए । तर मैले आफूँलाई बलियो बनाए अनि परीक्षा दिएर आए ।

एकदिन अचानक अन्तर्वाता दिएको एक हप्तापछि बुबाले मलाई बोलाउनु भयो । उहाँले मलाई ‘तिमी राइजिङ नेपालमा गएको थियौँ ? भनेर सोध्नु भयो’ । मैले हैन भने । जीवनमा मैले बोलको ठूलो झुठ त्यही थियो । मेरो घरबाट त्यतिबेला जागिरको खोजीमा कोही पनि बाहिर जानुहुँदैन थियो । फेरि राइजिङ नेपालमा पनि बुबाको धेरै साथाीहरु थिए ।

मनमा एकदम डर लागिरहेको थियो । बुबाको हातमा अखबार थियो । बुबाले अखबार पल्टाउदै जब मलाई परीषामा तिम्रो नाम आयो भनेर बधाई दिनु भयो नि म निकै खुसी भए । ठूलो ठूलो अक्षरमा अंगेजीमा मेरो नाम लगायत अन्य ६ जनाको नाम बधाइ छ भन्दै लेखिएको थियो । बुबा पनि धेरै खुसी हुनु भयो । बुबाले तिमीलाई काम गर्ने इच्छा भए गर भन्नु भयो मैले हुन्छ भने ।

मुवाले मेरो पढाइ बिग्रिन्छ भनेर जागिरमा नजाउ भन्दै हुनुहुन्थ्यो तर मैले मुवालाई सम्झाए ३ महिनाको लागि भनेर काममा जान्छु भनेर सम्झाए । अन्तर्वातामा हामी १० जनामा ६ जना छानिएका थियो । जसमा म पनि थिए । राष्ट्रिय दैनिक पत्रिकामा १६ वर्षमा उप सम्पादक बन्न पाउनु मेरो लागि गर्वको कुरा थियो ।

काम गर्न निकै गाह्रो थियो । राती भएका हरेक कार्यक्रमको बारेमा लेख्नु पर्दथ्यो । म विवाह नगरेको भएर पनि होला शनिबार कमै बिदा दिनुहुन्थयो ।एक दिन मेरो बुबाको साथी गृहमन्त्री जोगमेहेर श्रेष्ठको अन्तर्वाता कार्यक्रमहरुमा पुगेको थिए । सामान्य भाषा त लेखे तर अन्तमा उहाँसँग नै भाषण मागेर समाचार तयार बनाए । दिनभरी कार्यक्रममा पुगेर साँझ अफिसमा पुगेर टाइप राइटरमा लेखेर फर्कनु पर्दथ्यो । कहिले काँही रातीको १० बज्थ्यो ।

कलेज खुल्यो । बिहान आइतबार ९ : ४० सम्म र अरु बार ८ :४० सम्म कक्षा हुन्थ्यो । म घर आएर खाना खाएर ११ बजे कार्यलय पुग्नु पर्दथ्यो । कलेजको विदाको समयमा मैले रवी भवन स्थित लिंकन स्कूलमा सम्पादकको रुपमा काम पनि गर्थे ।

त्यही क्रममा मेरो घरमा विवाहको कुरा चल्यो । मेरो दाई विदेश हुनुहुन्यो । मैले दैनिक लेखेको आर्टिकहरु जम्मा गरेर दाईलाई पठाउँथे । उताबाट दाईले पनि साथीहरु मार्फत समान पठाउनु हुथ्यो त्यही क्रममा दाईको एक जना साथी श्याम मिलन श्रेष्ठले मलाई धेरै माया गर्नु हुथ्यो । उहाँ जयपुरमा इन्जिनियर पढ्नु हुनथ्यो ।

म राइजिङमा काम गर्दा उहाँ साथी भाइरसँग रमाइलो गर्न न्युरोड आउनु भएको हुन्थ्यो । त्यो समयमा उहाँले साँझमलाई घरमा छोडिदिनु हुन्थ्यो । यही क्रममा घरमा विवाह गर्न आग्रह गर्नुभयो । त्यतिबेला म मात्र १७ वर्षको थिए । हाम्रो विवाहको कुरा फिक्स भयो । तर विवाह केही समयपछि गर्ने पारिवारिक निर्णय भयो ।

त्यसपछि मैले राइजिङ नेपालमा काम छोडे । नेपाल ट्राभलर नामको म्यागजिनमा सम्पादकको रुपमा काम गरे । देशमा राजनीतिक परिवर्तनले गर्दा बन्दहरु भइरहेको थियो । कलेज पनि बन्द थियो । अनि म केही महिनाको लागि जापान गए । जापानामा मेरो दिदी हुनुहुन्छ ।

जापानामा मैले जापनिजका बच्चाहरुलाई अंग्रेजी पढाउँथे । मलाई खाना पकाउन आउँदैन थियो । तर पनि एक कुकिङ सो मा काम गर्ने मौका पाएको थिए ।मेरो दिदीले मलाई बहिनीलाई पानी उमाल्न आउँ छ त्यो पनि जलाउछ भन्नु हुनथ्यो
एक घटना याद छ मलाई ‘एक दिन फोनमा बोल्दै थिए । पानी तताउन बसालेको थिए । गफको तालमा गर्दा पानी त सुकेछ ।’

मैले कुकिङ सोमा मैले पहिलो पटक जाउलो, पहेको दाल,काउली तरकारी अनि आलुको अचार बनाएको थिए । मैले बनाएको खाना सबै पहेँलो देखेर एक जनाले मलाई सोधे नेपाली खाना महेँलो हुन्छ हा ? मैले हास्दै जवाफमा नेपालीहरु रोगबाट बच्नको लागि खानामा सबै भन्दा धेरै बेसार प्रयोग गर्छन भने । बेसारले हामीलाई विभिन्न रोग लाग्नबाट बचाउँछ ।’ म मनमा लागेको कुरा बोलि हाल्छु ।

यसरी जापानको केही समयको बसालाई सकेर म नेपाल आए । नेपाल आएसी सन् १९८८ मा मेरो विवाह भयो । विवाहपछि पनि मैले घरायसी काम खासै गर्न परेर । विवाह गरको ३ वर्षपछि छोरा अभान्त श्रेष्ठको जन्म भयो । मेरो घर अगाडी इन्टरनेस्नल क्लब थियो । त्यहाँ म्यानेजरको पोस्ट खाली थियो । मैले त्यही काम गर्न सुरु गरे । मैले त्यहाँ ६ महिना मात्र काम गरे । बाबु सानो थियो । भर्खर हिड्न थालेको थियो । त्यसले गर्दा यसको केयर गर्न २ वर्ष घरमै बसे ।

मेरो ससुरा बुबा रामानन्द श्रेष्ठ ज्ञानेन्द्र सरकारको स्वकीय सचिव हुनुहुन्थो । मैले घरमै बसेर पनि उहाँको कामलाई सहयोग गर्थे । घर नजिकै सोल्टी होटलमा ‘क्यासिनो नेपाल’ भन्ने पहिलो क्यासिनो थियो । विस्तारै सरकाले पनि अरु पाँचतारे होटलहरुमा क्यासिनो खोल्ने अनुमति दियो ।

हाम्रो परिवारमा हुने सामान्य कार्यक्रम पनि होटमा नै हुन्थ्यो । सोल्टीको क्यासिनो नेपालको सञ्चालक आर रिचर्ड डी टटल मेरो ससुराको राम्रो सम्बन्ध थियो । अरु होटलमा सरकारले क्यासिनोको लागि अनुमति दिएपछि आर रिचर्ड डी टटलले क्यासिनोमा काम मेरो लागि अनुमति माग्नु भयो । जसमा मेरो पोस्ट डाइरेक्टर थियो । जतिबेला म २३ वर्ष मात्र पुगेको थियो ।

ससुर बुबाले मलाई क्यासिनोमा काम गर्ने अनुमति दिनु भयो । एभरेष्ट क्यासिनोमा म्यानेजमेनटको तर्फबाट म गए । त्यो समयमा म्यानेजमेनटको तर्फबाट क्यासिनोमा लाग्ने म पहिलो महिला थिए ।

मैले क्यासिनोमा काम गर्न थालेपछि धेरै महिलाहरु यो क्षेत्रमा लाग्न थाले । वास्तवमा मानिसहरुले बुझेको भन्दा क्यासिनो निकै सुरक्षित ठाउँ हो जहाँको हरेक भित्तामा क्यामरा हुन्छ ।

मैले त्यस क्यासिनोमा २० वर्ष डिरेक्टर, ओनर, सांग्रिला क्यासिनोमा को–ओनरको रुपमा काम गरे । त्यस समयमा मैले धेरै मानिसहरु भेट्ने मौका पाए । राजनीतिदेखि बलिउड कलाकारस मेरो संगत भयो । मैले धेरै अनुभव बटुले, मेरो लागि पैसा र पावर र स्थानले कहिले पनि इम्प्रेस पारेन ।

क्यासिनोपछि नेपाल इयरलाइन्सको सांग्रिला म्यागजिनमा ३ वर्ष सिइओ बनेर म्यागजिन चलाएर यसमा मैले आफैँ पनि लेख्थे । अहिले म जनता प्रगतिशिल पाटीबाट केन्द्रिय कमिटिको वैदेशीक विभागको प्रमुखमा छु ।

एक्टिभ वोमन अफ नेपाल भनेर ७० वर्ष अगाडी खोलेको अमेरिकन एमबेसीको महिलाहरुले खोलेको संस्था ‘एवान’ म अहिले अध्यक्ष छु । यो एक समाजसेवा गर्ने उदेश्यले खोलिएको संस्था हो । हामीले यस संस्थाबाट १०० जना बच्चाहरुलाई सरकारी स्कूलमा पढाइ राखेका छौँ । भुकम्पको कोरोना र बाढीको समयमा धेरैलाई सहयोग गरेका छौँ ।

मेरो जीवन यसरी नै चलिहरेको छ । मैले देश विदेशको यात्रा गर्दा जीवन जिउने नयाँ नयाँ तरिकाहरु सिकेको छु । मेरो भगवानप्रति धेरे नै आस्था छ । म सानोमा पनि भगवानलाई मैले पहिले दर्शन गर्न पर्छ भनेर दशैँको समयमा विहान २ बजे उठेर मन्दिर पुग्थे । जीवनमा मेरो सपना भनेको समाज सेवा गर्नु हो । प्रस्तुति : आयुष्मा बस्नेत