ब्युटिसियन क्षेत्रमा आफूँलाई निर्खारने क्रम जारी छ

212


मिनु थापा एक सफल ब्युटिसियन हुन् । काठमाडौंको ज्ञानेश्वरमा २०४० असोज १९ गते बुबा कमल थापा र आमाको नाम दुर्गा थापाको कोखबाट माइली छोरीको रुमा भएको हो । उनीहरुको पुखौली घर काभ्रे हो । उनी बाल्यकालमा निकै शान्त स्वभावकी थिइन् उनलाई सानैदेखि सृङगारिन धेरै मन पर्दथ्यो ।

सामान्य परिवारमा जन्मिएकी उनको बालापन घर स्कूल गर्दै साथीभाइहरुसँग रमाउँदै बित्यो । उनले बालकुमारी स्कूलबाट २०५६ सालमा एसएलसी पास गरेकी हुन् ।

उनले कक्षा ११ र १२ को पढाई बानेश्वर कलेजबाट पुरा गरिन् । १२ को परिक्षा चलिरहेको समयमा उनको लभपछि २०५८ सालमा एरेन्ज म्यारिज भयो ।

विवाहपछिको केही समय उनले परिवारको साथमा बिताइन् । त्यतिबेला उनी कुर्थाको व्यापार गर्थिन् । उनले व्यापारसँगै पार्लर पनि सिक्ने गरेकी थिइन् । २०६० सालमा छोरी श्लेषा श्रेत्रीको जन्मपछि उनी केही समय छोरीको हेरचाहामा नै रमाइन् ।

त्यसपछि घरेलु संस्थाले निकालेकोे सिपमुलक तालिममा उनले कोटाबाट पार्लर सिकिन् । । सानैदेखिको रुचीको क्षेत्र पार्लर भएर होला उनलाई सिक्न पनि रमाएलो लाग्यो । उनले त्यहाँबाट बेसिक कोर्ष गरिन् अनि आइटीसिमा डिप्लोमा गरिन् ।

विवाहपछि पारिवारिक रुपमा धेरै जिम्मेवारीहरु थपिएका थिए । परिवारको साथ पनि राम्रो थियो । यही क्रममा उनी पढाईको शिलशिलामा अष्ट्रेलिया जाने निणर्य गरिन् । छोरी सानै थिइन् । छोरी र परिवार प्रतिको माया धेरै थियो । तर काँधमा भएको धेरै जिमेवारी पुरा गर्न उनी सन् २००७ मा अष्ट्रेलिया पुगिन् ।

अष्ट्रेलिया पुग्दै गर्दा उनको मनमा धेरै सपना थियो । विदेशी जीवन र रहनसहनमा आफुलाई कसरी समायोजन गछू होला भन्ने चिन्ता पनि थियो । गएको दिन र भोलिपल्ट त रमाइलो भयो । जब पर्सिपल्ट काममा जानु पर्यो तर उनलाई महसुस भयो एक गाँस खान कति दुख गर्नुपर्छ ।

उनले नेपालमा सिकेको पार्लर प्रोफेसनल रुपमा काम आएन् । अष्टे«लिया पुगेका अधिकांशले गर्ने काम भनेको महल र होटलमा नै हुने गर्दथ्यो । गएको एक हप्तामा उनले जागिर त पाइन तर आफू बसेको ठाउँबाट धेरै टाढा थियो । जान आउन, त्यहाँको भाषा बुझ्न केही समय उनलाई धेरै कठिन भयो । महलमा आफ्नो छोरी झैँ उमेरका बच्चाहरु देखेर उनले आफूँलाई सम्हान नसकेर धेरै रोइन् ।

तर नेपालबाट जुन आशाले उनी त्यहाँ पुगेकी थिइन् त्यो आशा र वास्तविकतामा आकाश पातलको फरक थियो । नेपालमा एकदम निम्न वर्गको भनिएको काम त्यहाँ गर्न पाउनुलाई गर्वको रुपमा लिइनथ्यो ।
केही समय उनलाई त्यहाँ निकै कठिन भयो । जब उनले आफ्नो प्रोफेसनल पेसालाई पार्टटाइमको जागिर बनाइन् आफैँमा केही राहत मिलको महसुस गरिन् ।
तर नेपालबाट गएको ऋण तिर्ने टेन्सन एकातिर, बसेबो घरको भाडा, कलेको फी,अनि केही पैसा बचाएर नेपाल पठाउने रहरको अन्यौलमा नै उनले ८ वर्ष अष्ट्रेलियामा बिताइन् ।

आज पनि ती दिनहरुको कहाली लाग्दो पललाई सम्झदा उनका आँखाहरु रसाउँछन् । उनले त्यहाँ पुगेको ६ महिनापछि मात्र समुन्द्र देखेकी थिइन् । घुम्न जान पाउनु भनेको दशैँ तिहार आए जस्तो खुसी हुन्थ्यो । त्यहाँको जीवन उनको लागि लगाब लगाएको घोडा जस्तो भएको थियो । काम घर अनि काम ।

जहाँ गए पनि काम गर्नु थियो खानु थियो परिवारको चिन्ता थियो । त्यसैले उनी छोरीलाई साथमा लिएर जाने भनेर नेपाल आइन् । तर नेपाल आएपछि उनलाई देशकै मायाले तान्यो । अरुको देशमा गरिने कष्ठ भन्दा आफ्नो देशमा गरिने मेहेनत उनको लागि धेरै ठूलो भयो ।
नेपाल आउँदा केही पल उनलाई किन आएछु भन्ने महसुस भएको थियो । उनलाई उताकै वातारण बानी परेको थियो । उनले काठमाडौंमा माटोले पोतिएका घरहरु छोडेर गएकी थिइन् आउँदा धेरै विकाश भइसकेको थियो । जंगल झैँ घारीमा ठूला ठूला बिल्डिङ बनिसकेका थिए ।

यसरी नेपाल आएको केही दिनमा नै उनले पार्लर सिक्न सुरु गरिन् । सिकेको दुई महिनामा काम सुरु गरिन् । सिकेका ठाउँमा स्टाफ बनेर बसिन् । सेयरमा ४ वर्ष काम गरिन् ।

विदेशमा बटुलेको अनुभवलाई सदुपयोग गर्ने उनको ठूलो सपना थियो । उनलाई पार्लर क्षेत्रमा केही गछू भन्ने मनदेखि विश्वास थियो ।
त्यसैले काम गरेको संस्थाको बागबजार ब्रान्चलाई आफ्नो बनाइन् । समय अनुसारको मागमा आफूलाई अपडेट गरिन् । पार्लर खोलेको केही महिना उनले दिभरी चियरमा बसेर नै बिताइन् । अफिस आउने र जाने मात्र गरेर दिन कटाइन् ।

शान्ताज हर्वल ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर खोल्नुको मूख्य उदेश्य महिलालाई सक्षम बनाउनु हो । उनले यो पार्लर सञ्चालन गरेको ६ वर्ष पुरा भइसकेको छ । यस अवधिमा उनले धेरैलाई सिप सिकाएर रोजगारको अवसर पनि दिएकी छिन् ।

उनको पार्लरमा सबै वर्गका महिलाहरु आउँछन् । उनी ती महिलाहरुलाई पार्लरको सिप सिकाउनुको साथै जीवन जिउँने तरिका पनि सिकाउँछिन् । उनले वर्षमा दुई ओटा कक्षा फ्रि दिने गरेकी छिन् ।

पार्लर सञ्चालनको क्रममा उनले धेरै उताबचडाबलाई नजिकबाट नियाल्ने मौका पाइन् तर पनि आफ्नो लक्ष्यबाट कहिले पछाडी हटिनन् । उनको आफूलाई यो क्षेत्रमा निर्खारने क्रम अझैँ जारी । त्यसैले उनी आफूलाई समय अनुसार अपडेट गराउँछिन् । सिकाउने मात्र हैन उनी आफैँ नयाँ कोर्षहरु माग अनुसार सिक्छिन् ।

उनी सयौँ महिलाको प्रेरणा बन्न चाहिन्छन् । त्यसैले महिलाहरुलाई सक्षम बनाउनका अबको दिनमा मन्टेश्वरी ट्रेनिङ दिने उनको सपना छ । उनलाई फुर्सदको समयमा विभिन्न परिकारहरु बनाएर खान निकै मन पर्छ । उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिको अध्यक्ष हुन् । उनी लाइन्स क्लबमा पनि आवद्ध छिन् ।