म हरेक महिलाको उदाहरण बन्न चाहन्छु

230


सामान्य परिवारमा जन्मिएकी मनिता थापा फेसन डिजाइनर हुन् । उनको जन्म गोर्खा जिल्लामा भएको हो । हुर्कने बढ्ने क्रममा उनको बाल्यकाल काठमाडौँमा बित्यो । काठमाडौं निवासी प्रचिन श्रेष्ठसँग परिवारको सहभागितामा उनको विवाह भयो ।

विवाहपछि नै उनले काठमाडौंको बागबजारमा रहेको आइसी फेसन कलेजबाट डिप्लोमा फेसन डिजाइनिङको कोर्स पुरा गरी निरन्र्तर यही क्षेत्रमा लागि रहेकी छिन् । दुई छोराको आमा बनिसकेकी उनी भन्छिन्–केही काम नगरी म घरमा बस्न सक्दैन थिए । परिवारको साथ र माया हुँदा हुँदै पनि आफूले केही गर्नुपर्छ भन्ने सोचको साथ पहिलो सन्तान ६ महिनाको हुँदा देखि नै सँगै लिएर कुपन्डोलमा बुटिक सञ्चालन गरेकी थिए । ’
अहिले उनको द क्रियशन स्कूल अफ फेसन डिजाइन नाम स्कूलमा अध्यक्ष पदमा रहेर सञ्चालन गरिरहेकी छिन् । त्यसै गरी उनले प्रमिनी फेसन हाउस पनि सञ्चालन गरिरहेकी छिन् ।

उनी भन्छिन्–हरेक महिलाको उदाहरण बन्न चाहन्छु । किन कि महिलाले चाहेको खण्डमा न सक्ने काम भनेको केही पनि छैन । हामीमा सबै काम गर्ने हौसला र आँट हुनुपर्छ ।’

यही आँट विश्वास भएर नै उनले अहिले आएर आफ्नो बच्चा बेलादेखिको रहर पुरा गर्न खेलकुदमा एकदमै सक्रिय छिन् । उनले कक्षा ९ मा पढ्दा नै सिनोरियो नाम करातेमा ब्ल्याक बेल्ड हासिल गरी तालिम दिएकी थिइन् । ठूलो छोरा १३ वर्षको हुँदा पनि अनाथ आश्रमको बच्चाहरुलाई आत्मा सुरक्षाको तालिम दिदै आइरहेकी छिन् ।