रौतहटको दुई पालिकाको प्रमुखमा महिला निर्वाचित

21


रौतहट । रौतहटको दुई पालिकाको प्रमुखमा फरक पार्टीबाट दुई जना महिला निर्वाचित भएका छन् । रौतहटको दक्षिण भेगमा रहेको ईशनाथ र मौलापुर नगरपालिकाको नगरप्रमुखमा महिला निर्वाचित भएका हुन् । पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदबार ६६ बर्षीया कौशिल्या देबी ६ हजार २ सय ८२ मत प्राप्त गरी विजयी भएकी छिन् ।

यस्तै मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट ३७ वर्षीया रीना कुमारी साहले ५ हजार ५ सय ६४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनले नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउदै विजयी भएकी हुन् ।