परिस्थितिसँग लड्न सक्नुपर्छ

320

ज्ञानी मैया मर्हजन एक सफल ब्युटिसियन हुन् । उनको जन्म २०३४ साल पौष १४ गते आमा अस्ट माया मर्हजन र बुबा गणेश बहादुर महर्जनको कोखबाट नधल टोल काठमाडौंमा भएको हो । उनले दुई दशक अगाडीदेखि ज्ञानी मिजला ब्युटी पार्लर नधल क्वाडे थैहिटी काठमाडौंमा सञ्चालन गर्दै आएकी छिन् । उनीसँग २८ वर्ष यो क्षेत्रमा काम गरेको अनुभव छ ।

तपाईं ब्युटिसियन पेसामा आवद्ध भएको कति वर्ष भयो ?
म ब्युटिसियन पेसामा लागेको झण्डै २८ वर्ष भयो । २०५० सालमा एसएलसी सकिए लगतै मैले यो क्षेत्रमा पाइला टेकेको थिए । २०५८ सालदेखि आफ्नै पार्लर खोलेर आत्मनिर्भर बनिरहेको छु ।

ब्युटिसियन बन्ने सोच कसरी आयो ?
मलाई सानैदेखि नै दीदी बहिनी फुपुहरुको कपाल बनाउन एकदम रहर लाग्थ्यो । कहिले काँही भोजमा जानुपर्दा छिमेकी दिदीहरुले मलाई नै बोलाउनु हुन्थ्यो । त्यो बेलामा सबैले मलाई पछि त तिमी ब्युटिसियन बन्छौँ होला भनेर जिस्काउनु हुन्थ्यो । त्यही बेलादेखि मलाई ब्युटिसियन बन्ने सोच आयो । ब्युटिसियन बन्ने मेरो सपना बन्दै गयो । अनि मैले एसएलसी दिएको तीन महिलाको सदुपयोग गर्न ब्युटिसियन सिके अनि सिकेकै ठाउँमा हेल्परको रुपमा काम गरे ।

तपाईंको पार्लरमा के के सेवा छ ?
मेरो साधारण पार्लरमा अन्य पालरको जस्तै थ्रेडिङ, कटिङ, हेयर ट्रिटमेन्ट,स्टेट, केराटिन,मेनिकियर,पेडिकियर,स्किन ट्रिटमेन्ट,मेकअप प्याकेज,आइलासेस,एक्सटेन्सन,आइलासेस कर्लर,माइक्रोब्लेडिङ लगायत नारीलाई सुन्दर बनाउन आवश्यक सबै प्रकारको सेवाहरु छन् ।

पार्लर तथा ट्रेनिङ सेन्टर खोल्दा कति जना विद्यार्थी थिए ?
सुरुका दिनहरुमा त धेरै गाह्रो नै भयो । ग्राहक र विद्यार्थी निकै कम थिए । पहिलो सिफ्ट ४,४ जना विद्याथी थिए । मार्केट लिन केही समय लाग्यो। तर मैले कहिले हार मानिन् । राम्रो काम गरेर आएका ग्राहर विद्याथीको मन जित्नु थियो । मेहेनत गर्दै गए अनि विद्याथी र ग्राहक बढ्दै गयो ।

तपाईंको टे«ेनिङ सेन्टरमा कस्ता काेर्षहरु छन् ?
मेरो ट्रेनिङ सेन्टरमाब्युटिसियन सम्बन्धी बेसिक कोर्ष,एडभान्स कोर्ष, स्पेशल कोर्ष,नेल आर्ट कोर्ष, माइक्रोब्लेडिङ, स्पेशल मेकअप र आइलासेस सम्बन्धी कोर्षहरु छन् ।

यो क्षेत्रको भविष्य कस्तो देख्नु भएको छ ?
मैले यो षेत्रको भविष्य एकदम राम्रो देखेकी छु । यो क्षेत्र पहिलेको तुलनामा अहिले धेरै नै विकसित भएको छ । मानिसको लागि बाहिरी सुन्दरता पनि जीवनमा निकै आवश्यक छ भन्ने महसुस भएकोले यो क्षेत्र फराकिलो हुँदै गएको छ । जसको कारण ब्युटि सर्भिसहरु बढ्दै गएको छ ।यति मात्र नभएर सरकारले ब्युटिसियन कोर्षलाई पाठ्यक्रममा कक्षा ९ र १० मा ऐक्षिक विषयको रुपमा पढाउन सुरु गरेको छ । त्यसैगरी कक्षा ११ र १२ सम्म पनि निरन्तरर्ता दिने त्रलम जारी छ । यसरी सरकारी मान्यता प्राप्त भइसकेको कारण पनि यो क्षेत्रको भविष्य निकै उज्जवल छ । जसरी स्वस्थ रहनुलाई आवश्यक छ । त्यसी सुन्दर देखिनु पनि आवश्यक छ । स्वास्थ्य र सुन्दरर्तालाई जोड्न सकियो भने अझ यसको भविष्य राम्रो छ ।

ब्युटिसियन न बन्नु भएको भए के बन्नु हुन्थ्यो ?
म ब्युटिसियन नबनेको भए फेसन डिजाइनरतर्फ लाग्थे होला । मलाई ब्युटिसियन सँगसँगै फेसन डिजाइनरतिर पनि निकै रुची थियो । अहिले पनि छ । आफ्नो र परिवारको सदस्यहरुको लुगा कुनै बेला म आफैँ तयार गर्ने गर्थे । तर समय र परिस्थितिको कारण ब्युटिसियन पेसामा लागे ।

 पार्लरमा विशेष कस्तो प्याकेजलाई जोड दिनु हुन्छ ?
म आफ्नो पार्लरमा विशेष डिप्लोमा कोर्षलाई जोड दिन्छु । किन भने यो प्याकेज सकिएपछि आफू सक्षम हुनछन् । विदेशमा जानेहरुको लागि पनि यो प्याकेज विशेष उपयोगी हुनछ ।

यो क्षेत्रमा लाग्ने महिलाको लागि के भन्न चाहनुहुन्छ ?
मनदेखि सर्मप्रित भएर लगनशिलतापूर्वक आफूले मेहेनत गर्यो भने अवश्यक सफल भइन्छ । यो क्षेत्र भनेको प्रतिस्प्रधात्मक क्षेत्र हो । यसमा धेरै संघर्ष गर्नुपर्छ। आफूमा धर्यता र सशनशिलता हुनुपर्छ । आइपरेको सबै परिस्थितिसँग लड्न सक्नुपर्छ । किन भने हामीले ग्राहकहरुबाट राम्रो मात्र नभइ नराम्रो प्रतिक्रियाको पनि अपडेड भइरहनुपर्छ । आफूलाई समय अनुसार अपडेग गराए सफल भइन्छ ।