लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियोको एकेडेमी कलंकीको भाटभटिनीमा

66

काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियो एकेडेमी कलंकीको भाटभटिनीमा खुलेको छ ।

लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियोको पहिलो शाखा महारागंज, दोस्रो कोटेश्वर,तेस्रो पुलचोक र अहिले चौथो शाखा कलंकीमा खोलिएको हो ।

एकेडेमीले अहिले ट्रायलको रुपमा कामहरु गरिरहेको छ । ग्राण्ड ओपनिङ भव्य रुपमा गर्ने तयारी रहेको उक्त स्टुडियोका ओनर लक्ष्मी ठाकुरले बताएका छन् ।

यस एकेडेमीमा पहिलो पटक विशेष महिलाहरुको बडी स्पा,महिला नेल आँट, माइक्रोब्लेडिङ ल्याएको छ । अन्तराष्ट्रि स्तरको ट्रेनिङ सेन्टर भएकोले ट्रेनर पनि विदेशबाट नै ल्याएको छ ।

नेपालमा पहिलो पटक सिंगापुर, भेदनाम लगायतका देशहरुबाट अनुभव बटुलेका ट्रेनरले टेनिङ दिने लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियो एकेडेमी पहिलो हो ।

यस सेन्टर खोल्नुको कारण लक्ष्मीबाट सिकेर गएका हरेक व्यक्तले संसारको कुनै पनि कुनामा गएर सर्भिस् दिनुको साथै प्रतिस्पर्भा गर्न सकुन् र त्यही स्तरको सिप सिकाउनु भन्ने रहेको ठाकुरको भनाइ छ ।

विशेष यस एकेडेमिमा हेयर डिजाइन कोर्ष, हेयर केमिकल हेयर ड्रेसिङ,हेयर एण्ड व्युटिलाई फेकस गरेको छ । कोर्षहरुमा हेयर डिजाइनिङ र टेक्निसियनलाई फोकस गरिएको छ । यस कोर्षका कक्षाहरु बैशाख देखि सञ्चालनमा आउने छन् ।

लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियोले केवल सिप मात्र सिकाउँदैन ब्युटिसियन क्षेत्रमा आफ्नो नाम बनाउन चाहने व्यक्तिको लागि रोजगारीको अवसर पनि दिने गरेका छन् । त्यसै कारण लक्ष्मी हेयर एण्ड ब्युटि स्टुडियोको टिमा ९५ प्रतिशत महिलाहरु छन् ।