मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

23

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा स्वयम्भुबाट पक्राउ गरेको थियो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । यही प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बानेश्वरको एभरेष्ट होटलमा उनले बलात्कार गरेको अभियोग छ ।