कविता

5

 

जेष्ठ १९ –दरबार हत्या काण्ड भएको २१ वर्ष पुरा भएको छ
मेरो आमाले त्यस दिनलाई सम्झेर यो कविता धेरै समय अगाडी रच्नु भएको थियो !

२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो
१९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।
राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने त्यहाँ
भए जति सबै एक मात्रै रहे के होला भन्ने महा ।
विवाह भए, ती छोरी माइत बोलाई स्वागत गर्छौं भनी
मनको कुरा कल्ले बुझ्न सक्नु बिति गो जीवन पनि ।
नेपालका राजा भएर दरवारमा पानी खान नपाई
परान छोडी स्वर्ग पुग्नु भयो आफ्नो कोई नभई ।
रानी चौध अञ्चलको चाँदनी शाह देशको दुःख बोकी
सपना झैँ छोडी जानु भयो, यो कुरा साँच्चै हो कि ?
छोरा छोरी सबै भएका पाँचै जना आफ्नै साथमा लिई
राजा वीरेन्द्र स्वर्गीय हुनु भो जनतालाई मन, मुटु दिई ।
श्री गुरु गणेश राम नाम जपेर सम्झि रहन्छु छिनछिनै
हे बुबा, हे आमा, कहाँ जानु भयो भन्दै रुन्छु दिनदिनै ।
राजाका परिवार इन्द्रपुरी सभा बनेर स्वर्ग महाँ
रातभरी सरकारले नजर गरिबक्स्योस। बिन्ति छ मेरो यहाँ ।
५८ साल जेठबाट रात दिन अँध्यारै, लाग्दैनन् घाम जुनै
चौकीदार पाले, अर्दली सबै सत्य बोल्दैनन् कुनै ।
शिव शिव भन्दै पुगेर स्वर्गमा दरबार त्यहाँ रहोस्
आफूलाई मार्ने दुश्मन चिनेर गोली पठाउनु हवोस् ।
दुःखको वेदना सबै भनु भने बित्दछ जीवन पनि
बस्छु म सधैं राम नाम जपेर नेपाल शान्ति होओस् भनी ।

चन्द्र कुमारी रिसाल
बयलवास, सर्लाही
हालः नैकाप, काठमाडौं