सदावहार नायिका करिश्मा मानन्धर

20

काठमाडौं । सफल मोडल तथा सदावहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धरको जन्म सन् १९७१ जुन ९ मा ललितपुरमा भएको हो । आमा कोमल केसी र बुबा क्षेत्रबहादुर केसीको दुई छोरी मध्य करिश्मा
जेठी छोरी हुन् । करिश्माको बाल्यकाल बानेश्वरको थापा गाउँमा सामान्य रुपमा नै बित्यो । उनले शुभतारा स्कूलबाट एसएलसी सम्मको पढाई पुरा गरेकी हुन् ।

गोदावरीमा रहेको किटिनी माविबाट उनले १२ पास गरेकी हुन् । करिश्माले १४ वर्षकै कलिलो उमेरमा चलचित्र सन्तानबाट अभिनय यात्रा सुरु गरेकी हुन् । जुन चलचित्र २०४२ सालमा निर्माण भएको थियो । उक्त चलचित्रमा करिश्मा भुवन केसीको साथमा देखिएकी थिइन् । त्यसपछि उनले हिन्दी चलचित्र दंगा फर्सादमा काम गरेकी थिइन् ।

करिश्मा सन् १९९१ म चर्चित निर्माता विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिएकी हुन् । करिश्माले विनोदसँग चलचित्र कस्तुरीमा काम गरेकी थिइन् । विवाहपछि करिश्माले सन् १९९२ मा रिलिज भएको ट्रक ड्राइभर, १९९४ मा रिलिज भएको सफल चलचित्रमा अभिनय गरेर आफ्नो नाम स्थापित गरिन् । विवाहपछि नै चलचित्र क्षेत्रमा फल भएकोले उनलाई करिश्मा केसी भन्दा पनि करिश्मा मानन्धर नै भनेर बढी चिनिन्छ । करिश्मा र विनोदको एक छोरी कविता मानन्धर छिन् ।

करिश्मा करिब तीन दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीको रुपमा देखिसकेकी छिन् । करिश्मा एक सफल अभिनेत्री मात्र नभएर एक सफल निर्माता पनि हुन् । करिश्मा केही समयको लागि लक्स साबुनको ब्राण्ड एम्बेस्टर समेतरहेकी थिइन् ।

करिश्माले सन्तान, कस्तुरी,भाउजु,मनकामना, बाबाु साहेब,ट्रक ड्राइभर,सपना,बसन्ती, ढुकढुकी,जिन्दगाी पन्छि लगायत दजनौँ चलचत्रिमा काम गरिसकेकी छिन् । नेपाली चलचित्र ढुकढुकी र बाबुसाहेबबाट उनी निर्माताको रुपमा चिनिएकी हुन् । विश्वको धेरै मुलुकमा भ्रमण गरिसकेकी अभिनेत्री करिश्माले २०५६ सालमा दशककै लोकप्रिय अभिनेत्रीबाट सम्मानित गोर्खा दक्षिणबाहु चौथो तथा दजनौँ सम्मान पाएकी छिन् । उनले सन् २०१३ मा मायाजबार बाट डिसिने अवार्ड हात पार्न सफल भएकी थिइन् । धर्मकर्ममा निकै रुची राख्ने करिश्माले बाबुराम भट्टराईको नयाँपाटी नयाँ शक्तिदेखि केपी शर्मा ओलीको नेकपा एमालेमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरे पनि खासै सफल हुन भने सकेकी छैनन् । पछिल्लो समय करिश्मा चलचित्रमा भन्दा म्युजिक भिडियोमा देखिन थालेकी छिन् । साथै विभिन्न कार्यक्रम उद्घाटनमा व्यस्त हुने गरेकी छिन् ।