प्रियंका जोशी बनिन् २०२२ की मिस नेपाल

56

काठमाडौं । मिस नेपाल–२०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।

आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाको अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।