पिपुल्स पावर प्रभावित स्थानीयहरुले अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

19


काठमाडौं । प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

यसबाट हितग्राही खाता खोल्न बाँकी रहेका तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आवेदन गरिसकेपछि लगानीकर्ताहरुले इसेवा, खल्ती तथा प्रभु पेमार्फत अनलाइन रकम भुक्तानी गर्न सक्नेछन् ।