दही खानुको फाइदा

42

काठमाडौं । दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाईतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाईदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाईदाजनक हुने गर्छ ।

यस्ता छन् दही खानुका फाईदाहरु
मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाईदाजन मानिन्छ । दहीले कोलेस्टोरोललाई बढाउन मद्धत गर्छ ।
नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाईदाजनक हुन्छ ।

तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।
दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।
दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।
हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाईदा पु¥याउँछ ।
दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।