सफल ब्युटिसियन मिथिला थापा

152

सफल ब्युटिसियन तथा पुर्वेली छोरी मिथिला थापाले समाजमा आफ्नो बेग्लै पहिचान बनाएकी छिन् ।
बुबा भिम बहादुर थापा र आमा राधा देवी थापाको कोखबाट उनको जन्म भएको हो । उनको बाल्यकाल सामान्य रुपमा नै बित्यो । काठमाडौंको औषधी व्यसायी अर्जुन कुमार राउतस“ग विवाह गरेपछि उनी ब्युटिसियन क्षेत्रमा लागेकी हुन् । धेरै महिलाहरूले विवाहपछि कामको अवसर पाउ“दैनन् तर उनी भने श्रीमानको हौसला साथ र मायालेनै आफ्नो ब्युटिसियन क्षेत्रमा आफ्नोपहिचान बनाएकी हुन् ।

उनी यस पेशामा सफल र सुखी पनि छिन् । उनी यो क्षेत्रमा १७ वर्ष अगाडीदेखि सक्रिय रुपमा लागिरहेकी छिन् । उनी एक ट्रेनर पनि हुन् । अहिले काठमाडौंको आलोक नगरमा अमामी ब्युटि सलोन एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन् ।

ब्युटिसियन क्षेत्रमा कसरी लाग्नु भयो ?
म बच्चा बेलादेखि नै राम्री हुनुपर्ने स्वभावको थिए । आमा दिदीहरूको गाजल नेलपोलिस देखेकी लगाई हाल्थे । साथीहरूलाई पनि लगाउनुपर्छ भनेर राम्रो बनाई दिन्थे । यही बानीलाई श्रीमानले पेशाको रुपमा अंगाल्ने सुझाव दिनु भयो त्यसपछि म ब्युटिसियन पेशामा जोडिन पुगे । मलाई यो पेशा अंगालेकोमा गर्व लाग्छ आज यही पेशाको आमदानीले मेरो आवश्यकता पुरा भएको छ । म यो पेशामा धेरै खुसी छु ।

तपाईं पार्लर सिक्दा यो पेशालाई कसरी बुझिन्थ्यो ?
मैले सिक्दा यो पेशालाई खासै राम्रो मानिदैन थियो । समय बर्बात गर्न सिकेको जस्तो सोच्थे । तर अहिले सबैले यो पेशालाई सम्मान गरेका छन् । अहिले त कक्षा ९ र १० मा पनि ब्युटिसियन कोर्ष समावेश गरीएको छ । खुसी लागेको छ ।

तपाईंको पार्लरमा के के सर्भिस छ ?
मेरो पार्लरमा मेकअप सम्बन्धीका सबै प्रकारका सर्भिसहरू छन् । जसमा ब्राइडल मेकअप,नेल, फेसियल,लगायतका सबै रहेका छन् ।

पार्लरका काम बाहेक अरु के के गर्न मन पर्छ ?
मलाई पार्लरको काम बाहेक उपन्यासहरू पढ्न असाध्यै मन पर्छ । त्यसका साथै विशेष धार्मीक क्षेत्रको भ्रमण गर्न मनपर्छ ।

सफल ब्युटिसियन बन्न के आवश्यक पर्छ ?
सफल ब्युटिसियन बन्न लगनशिलता,धर्यवान, मेहेनती हुनुपर्छ । नयाँ विषय मार्केटमा आउने विक्तिकै आफूलाई अपटेड राख्न सक्नुपर्छ ।

नयाँ पुस्तालाई के भन्न चाहनु हुन्छ ?
नयाँ पुस्तालाई आफ्नो इच्छा छ भने यो पेशामा राम्रो फल पाईन्छ । नयाँ टेक्नोलोजी र सिपमा आफुलाई अपडेट गर्न सक्नु भयो भने यो पेशाले हामीलाई आफ्नो पहिचान बनाउन ठूलो सहयोग गर्छ ।

अनत्यमा…
यो पेशा सुरु गर्नु अगाडी हामी दक्ष भएको हुनुपर्छ । हामीले बजारमा आएको सबै कोर्षहरू अपडेट गर्नुपर्छ । काम गर्दा कहिले काही उतारचढाब आउँछ तर कहिले पनि हिम्मत हार्न हुँदैन । लगनशिल, मेहेनती, धर्यवान भएर मिठो मुस्कानसहित आफ्नो सेवा पस्किन सक्यौँ भने धेरै राम्रो हुन्छ ।