बेस्ट प्राईजमा सि.जीका बेस्ट क्वालिटीका सामान

41


चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्डले एउटा छुट्टै पहिचान बनाएको छ । सि.जी. ब्राण्डले विषेशगरी सम्पूर्ण नेपालीहरूलाई मध्यनजर गरि प्रिमियम सामान उचित बजेटमा उपलब्ध गराउँदै आएको छ । सफलतापूर्वक सि.जी.ले आफ्ना सामानहरूमा अझै बढि रेन्जहरू थप्दै गएको छ । जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, ए.सी., स्माट डोमेस्टिक अप्लाइनसेस, सि.एफ.एल. बल्भ, एल.ई.डि. टि.भी., एल.ई.डि. लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरू रहेका छन् ।

नेपालको एक मात्रै आई.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सि.जी. ब्राण्ड, गुणस्तरीय सामान उचित बजेटमा उपलब्ध गराउँदै आएको छ । नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरभवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सि.जी. अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सि.जी. ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य हो ।

आफ्नो लगनशिलता र अथक मेहनतको साथ सि.जी. ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हाल सि.जी.मा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरू उपलब्ध छन् । यी सामानहरू विक्री वितरण गर्न सि.जी.ले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ । नेपाल भरि ५०० भन्दा बढी डिलरहरू सक्रियताका साथ सि.जी. सँग आबद्ध छन् । नेपालको प्रमुख जिल्लामा उपलब्ध छन् ।

सि.जीले स्माट डोमेस्टिक एप्लाइन्सेसका सिनियर सेल्स म्यानेजर हुन् मनमोहन झा । उनी बिगत १३ वर्षदेखि सि.जी इलेक्ट्रोनिक्समा आवद्ध छन् । यसै क्रममा सि.जीले स्माट डोमेस्टिक एप्लाइन्सेस अन्तर्गत महिलाहरूलाई घरायसी काममा छिटो छरितो रुपमा सहयोग गर्न के कस्तो सामान नेपाली बजारमा आएको छ तथा ल्याउँदै छ भन्ने विषयमा सिनियर म्यानेजर मनमोहनसँग गरिएको कुराकानी

सि.जीका प्रोडक्स्को मार्केट कसरी भइरहेको छ ?
सि.जी एक नेपाली ब्राण्ड हो । नेपालीको आफ्नोपन भेटिने ब्राण्ड भएकोले शहरी क्षेत्रमा सि.जी ब्राण्ड थाहा नभएको क्षेत्र निकै कम होला । त्यसैले अहिले गाउँ परिवेशमा पनि सि.जीको बारेमा धेरै समानहरू चर्चामा आइरहेका छन् ।

स्मार्ट डोमेस्टिक एप्लाइन्सेसका समानले घरायसी कामलाई कतिको सहज बनाएको छ ?
स्मार्ट डोमेस्टिक एप्लाइन्सेसका समानले विशेष गरी महिलाहरूको लागि धेरै नै सुरक्षा दिएको छ । कुनै समय दाउरामा खाना पकाइन्थ्यो अहिले ग्यासबाट इन्डक्सनसम्म आएको छ । भान्साको अधिकांश काम महिलाले नै गर्ने भएकोले पनि अहिलेको क्लीन कुकिङ र सेभ कुकिङ भन्ने गरिएको छ । स्मार्ट डोमेस्टिक सामानले समयलाई धेरै बचत गर्छ । प्रोटेक्शनको हिसाबले धेरै नै राम्रो छ । त्यसैले घरासयी काममा स्मार्ट डोमेस्टिक एप्लाइन्सेसका सामान निकै उपयोगी छ ।

सि.जी मेरिडिया भनेको के हो ?
सि.जी मेरिडिया भनेको क्लासिक सिग्नेचर ब्राण्ड हो । सिजी मेरिडिया प्रिमियम कस्टोमरहरूको लागि टार्गेट गरेर लन्च गरिएको सामान हो ।

सि.जी मेरिडिया भित्र के के छन् ?
जिसी मेरिडिया भित्र ठूलोमा टिभी रेफ्रिजिनेटर, वासिन मिसिन, एसी र सानोमा राइस कुकुर, पंखा फ्यान, एन्डक्सन कुकुर, ग्यास स्टप लगायत १० ओटा समान छन् ।

तपाईंहरूको आफ्नो समानको ग्यारेन्टि कसरी गर्नु हुन्छ ?
यो एक इलेक्टो«निक सामान हो । भोलिका दिनमा हाम्रो समान प्रयोग गर्नेलाई सेफ्टिसहित दुर्घटना नहोस् भन्नको लागि सम्भव भएसम्म सामानमा सुरक्षा दिने काम गरेका हुन्छौँ । अर्को कुरा हामीले क्वालिटीका सामानसहित सर्भिस पनि दिने गरेका छौँ । त्यसैले म हाम्रो सामान प्रयोग गर्ने कस्टोमरलाई ग्यारेन्टि दिन सक्छु ।

बजारमा अन्य सामान भन्दा सि.जीका सामान महंगो छ भनिन्छ किन होला ?
आजको प्रतिस्पर्धाको समयमा हाम्रो सामानको मूल्य महंगो होइन् कस्टोमरको बुझाइ त्यस्तो भएको होला । हामीले सबै वर्गका कस्टोमरलाई टारर्गेट गरेर मोडल अनुसारको सामान उत्पादन गरेका छौँ । हामीले सामानको क्वालिटीमा कतै पनि सम्झौता गरेका छैनौँ । हामीले ब्राण्डको नाम उच्च राख्नु छ , त्यसैले क्वालिटी हाम्रो प्राथमिकता हो । हामीलाई कम मूल्यमा केही समयको लागि ब्राण्ड भनेर अस्ताउनु छैन लामो समय काम गर्नु छ । त्यही कारण बेस्ट प्राइजमा सि.जीका बेस्ट क्वालिटी दिने हाम्रो लक्ष्य हो ।

हामीले सि.जीकै सामान किन रोज्ने ?
हामी बजारमा आएको २० वर्ष भइसकेको छ । पक्का पनि हामीले क्वालिटीको सामान दिएर बजारमा आफ्नो नाम स्थापित गरेका हौँ । हामीले क्वालिटीसँगै बेस्ट प्राइजमा उत्कृष्ट सामान दिएका छौँ । सि.जीको सामानमा नेपालीपनको महसुस पनि हुन्छ । अर्को कुरा हामीले हाम्रै उत्पादनका सामानमा खर्च गर्यौ भने त्यो पैसा नेपालमा नै रहन्छ । त्यसैले सबैलाइ सि.जीको सामान रोज्न आग्रह गर्छु ।

अन्त्यमा
हाम्रो मूख्य लक्ष्य महिलाहरूलाई भान्सामा काम गर्न सहज गराउने उदेश्यले समानहरू उत्पादन गर्नु हो । दाउरामा खाना पकाउने समयदेखि आज इन्डक्सनमा खाना पकाउने समयसम्म सि.जीले महिलाको भान्सामा लाग्ने समयमालाई बचत गरेको छ । जसको कारण महिलाहरूले पढाई तथा मनोरञ्जनको क्षेत्रमा आफ्नो समय खर्चन सक्ने छन् । यसै क्रममा हामीले एयेर फायर लन्च गर्ने तयारीमा छौँ । यसमा बिना तेलमा खाना पाक्छ । हेल्थको लागि पनि धेरै राम्रो हुन्छ । त्यसका साथै भविष्यमा आइओटी प्रोडक्टआइरहेको छ । जसमा इन्टरनेटबाट तपाईं सबै काम अपडेट गर्न सक्नुहुने छ ।