आमाको पछ्यौरा

29


बिदेश आउनु अगाडि नयाँ लुगाले भरिएको सुटकेस र कागजपत्रले भरिएको द्यबन भित्र केहि कुरा छुटेको जस्तो लाग्यो,
मैले कोठाको दराज उघारेर हेरे, आफ्नो ओछ्यान पल्टाएर हेरे तर केहि भेटिन,
घरको कुनामा राखिएको ट्यान्का खोलेर हेरे आमाको गरगहना र लुगाफाटो राखिएको त्यो ट्यान्कामा एउटा पछ्यौरा भेटेँ,
कहिलेकाहीँ होचो सिरानिले निन्द्रै लागेन आमा भन्दा आमाले तेहि पछेउरा पट्याएर मेरो सिरानिमाथि राखिदिनु हुन्थ्यो अनि म आरामले निदाउथे,
असारमासको बेला परारको बर्स बाहिर सिमसिम पानी पर्दै गर्दा भान्सामा खाना बनाउदै गरेकि आमाको छेउमै गएर भने
“ आमा म पनि कोरिएन भासा पास भएछु नि “
आमा खुसि भएर भन्नुभयो “ल राम्रो गरेउ, दुखले पढेको थिएउ पास भएछौ, आजसम्म फलानाको छोरो नराम्रो भनेर कसैले भनेका छैनन् सधै राम्रो गर है ….”
हुन्छ आमा …… अब त मेरोपनि बिदेश जाने दिन आयो…..
आमा झसक्क झस्किएर भनिन् “तिमि छ महिनाको थिएउ, तिमि जन्मेको साल मेरो हात खुट्टा नचलेर कुँजो जस्तै भएको थिएँ, ओल्टाई कोल्टाइ फर्काइदिन पर्थ्यो तलाई छाप्रीमा रोएको सुन्दा भुइँबाट छाप्रीतिर हेरेर पिलपिल रुन्थे, अहिलेको जस्तो पाकेटको दुधको जमाना पनि कहाँ थियो र राम्रो सङ स्याहार्न नपाई बेस्याहार मै हुर्किएको होस बिदेशको ठाउँ, के खाला कसरी गर्ला त्याँहि काठमान्डु गएर बस्दा त दिनमा एकचोटि फोनमा नबोल्दा न्यास्रोले भुतुक्कै हुन्थे खै के भनु आमाको मन न हो”…
“म फोन गरिहाल्छु नि आमा तलब आउने बितिक्कै तपाइलाई एउटा मोबाइल पठाईदिन्छु अनि आमा छोराको दिनहँु कुरा भैहाल्छ नि “
“अनि कति बर्सलाई जाने नि छोरो ?”
“खै आमा ४÷५ बर्स त बस्छु कि तेतिन्जेल बस्न पाइन्छ भन्छन् ….”
अघेँनोमा दाउरा थपेर लामो सुस्केरा हाल्दै आमाले बोल्न लागिन “लौ आफ्नो मनले खाको गराओ हाम्ले त नपढेर जिन्दगी कुटो कोदालोमै बित्यो भविष्य बन्छ भने जाउ बरु तिमि फर्केर आउन्जेल सम्म यो रोगि ज्यान लिएर म पो बाँच्छुकि बाँच्दिन ….”
मनमा कताकता चसक्क बिझेको जस्तो लाग्यो “लौ कहाँ त्यस्तो कुरा गर्नुभाको म बिदामा आइहल्छु नि त्यहिपनि अब तपाईहरूले यस्तो दुख गर्नु पर्दैन आमा पहिला साहुको ऋण तिरौला अनि तपाईहरूलाई सुख कटाउला भन्ने सपना छ मेरो” आमाले भनिन “ ६० बर्सको उमेर दुखसुखमै बित्यो आफुलाइ त घास दाउरा गर्ने जङ्गल, बस्तुभाउ भाको गोठ अनि मेलापात गर्ने गाँउलेहरूनै प्यारो लाग्छ बरु तिमिहरूले भोलिपर्सि म बुढि भएर काम गर्न नसक्नि हुदा हेला नगरि हासिँ मुखले पकाएर दियौ भने आफुलाई भाग्यमानि ठान्छु “
“लौ आफ्नै आमाबुबालाई पनि तेस्तो गर्छन त” म सम्झाई बुझाई गरेझै गर्थे ….
हप्तादिनको बिदामा काठमाडौं बाट घर आउदा बुबाले दिनुभएको खर्चमा पाँच सय, हजार थपिदिएर आमाले भन्थिन “अड्कलेको खर्चले नपुग्ला कहिलेकाहीँ बाहिरतिर खाजा खान मन लाग्ला केहि कुरा किन्न मन लाग्ला यति राख”
म मुसुक्क हाँसेझै गरेर भन्थे “ल ल आमा अहिलेसम्म कति दिनुभयो हिसाब गरेर राख्नु है भोलिपर्सि कमाएर दिउला ….”
“भो भो फिर्ता गर्नु पर्दैन तिम्रो भन्नुनै सबै मेरो हो बरु पैसा भन्दापनि धेरै नाम र इज्जत कमाउनु “ आमाले मन भरिने गरि जवाफ फर्काउनु हुन्थ्यो ……
“ अनि सुनत खालि भाको भए अर्कोचोटि घर आउदा घिउको सिसि र अचारको बट्टा नबिर्सि ल्याउ है तैले अचार मन पराउछस भनेर बनाएर राखेको छु “
“ ल ल आमा ….
त्यसो त काठमाडौं मा पढाई सँगंै सानो जागिर खान थालेपछि मैले घर जादा आमालाई कहिले घडि, कहिले न्यानो आउने चप्पल त कहिले ससना भाडाकुडा उपहार लिएर जान्थे …..
“ छोरि मान्छे जस्तै छ के के लिएर आउछ “ भन्दै आमा खुसि हुन्थिन …….
म अझै के के सोच्दै थिए हातमा पछेउरा लिएर निक्लिदै गर्दा आँखाबाट एकढिक्का आँसु आमाको कपडामाथि कतिबेला खस्यो होसै भएन, भक्कानिएको मन सम्हाले, घरबाट बिदाई हुनु अघि “ मेरो एउटा सपना पुरा हुदै छ आमा “ भनेर आमाको फोटोलाई ढोगे ….
झोलाभित्र पछेउरा र आमाको एउटा फोटो राखे अनि निधारभरि रातो टिका लगाएर यात्रामा निस्किए… बाटोमा आउनु अघि केहिथान खुसि र सम्झनाहरू ट्याङ्का मै बन्द गरिदिए …
नागढुङाको उकालो लाग्दै गर्दा कति खुसिहरू घुम्तितिरै छुटे अनि एयरोप्लेन चढ्नु अघि केहि थान खुसिहरू एयरपोर्टमा छुटे ….
मेरो आमाको मलामि गएका एकजना आफन्तले भनेका थिए “ तिमि भाग्यमानि रहेछौ , २० बर्सको उमेरसम्म आमा भन्न पायौ आमाको माया पायौ हामिले त तिमि जन्मेकै बर्स छोडेर जालिन भन्ने सोचेका थियौ, धामिझाक्री लगाएपछि फेरि निको भएर यतिका बर्ससम्म घरलाई उज्यालो बनाएर छोराछोरि हुर्किएपछि आज छोडेर गइन, पाउनापाच्छा भनेपछि हुरुक्कै हुन्थिन के गर्नु राम्रा मान्छेलाई त भगवानले पनि छिटो लादारेछन्”…
म अर्धचेत अवस्थामा चितामाथि जल्दै गरेको आफ्नो आमाको सव भएतिर हेरेर ति मान्छेको कुरा सुन्दै थिए उनि भन्दि थिए “ आँखामा राखेपनि नबिझाउने जस्ति थिइन , बेलाबेलामा आउदै गर्नु है भन्थिन् अब त कहिले नफर्किने गरेर सधैको लागि गइन “ ………
साच्चै त्यो दिनदेखि न त्रिसुलि नदि फर्कियो न त आमा फर्किन् ……..
परदेशको ठाँउमा दिनभरिको कामले शरिर र बिगतका यादहरूले यो मन एकैपल्ट थाकेर राति अबेरसम्म कोल्टे फेर्दै गर्दा तिमिले पहिले जस्तै गरि “ टाइममा खानु , बेलैमा सुत्नु , राति अबेरसम्म मोबाइल नचलाउनु अनि आफ्नो ज्यानको राम्ररी ख्याल गर है छोरो” भनेका दिनहरूको निक्कै याद आँउछ आमा ।
–थाक्रे–११ धादिङ, हाल दक्षिण कोरिया