आमा, छोराछोरी झुन्डिएको अवस्थामा भेटिए

25

काठमाडौं । बझाङको बुंगल नगरपालिका–९ रारुमा आमा, छोराछोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको वडा–९ का वडाध्यक्ष हरिश सिंहले जानकारी दिए।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन। गए राती गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएको सिंहले बताए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।