गर्मी मौसममा स्कीनमा आउने समस्या र समाधानका उपाय

40

गर्मी सुरु भएसँगै हामी सबैको स्कीनमा केही न केही समस्या देखिन्छ । स्कीनमा आउने समस्याको मूख्य कारण वातावरण प्रदुषण, हामीले प्रयोग गर्ने कस्मेटिक प्रोडक्ट र लापरबाहीले हुने गर्छ । गर्मीमा विशेष गरी हाम्रो स्कीनमा पसिना धेरै आउने गर्छ जसले गर्दा स्कीन सम्बन्धी धेरै प्रकारको समस्याहरू देखिन्छन् । हामी स्कीनमा समस्या आयो भने सामान्यतया डाक्टरको सल्लाह विना नै विभिन्न प्रोडक्टहरू प्रयोग गछौँ । केही साथीभाईले भनेको आधारमा त केही सामाजिक सञ्जालमा हेरेकै आधारमा हाम्रो स्कीनमा यस्तै समस्या आएको होला भनेर बुझ्ने गछौँ र समाधान खोज्छौँ । वास्तवमा भन्ने हो भने, हाम्रो स्कीनमा देखिने समस्या हाम्रो स्कीनको प्रकार अनुसार हुन्छ । हाम्रो स्कीन चार प्रकारको हुन्छ ।
१. ड्राइ स्कीन
२. ओयली स्कीन
३. नर्मल स्कीन
४ सेन्सीटिभ स्कीन
गर्मीको मौसममा विशेष गरी ओयली स्कीन भएका व्यक्तिमा धेरै समस्या आउने गर्छ । युवा अवस्थामा हाम्रो छाला भित्र रहने ग्रन्थी सब्यासेस ग्याण्ड भन्ने हुन्छ । जस्ले चिल्लो पदार्थ उत्पादन गरिहेको हुन्छ । घर बाहिर घाममा काम गर्दा तथा प्रदुषणको कारण हाम्रो स्कीनमा एक्नी ब्रेकलहरू बढी हुने सम्भावना हुन्छ । हामीले दिनमा मेकअप गरेका छौँ र रातमा त्यसलाई राम्ररी पखालेनौ भने स्कीनमा विविराहरू आउने, चिलाउने, दागधब्बा लगायतको समस्या आउँछ । हावा, धुलो धुवा तथा गर्मीमा धेरै साबुनको प्रयोग गरेर नुहाउँदा पनि स्कीन ड्राइ हुने गर्छ । र विभिन्न समयस्या देखा पर्छ ।
हामीले हाम्रो स्कीनमा देखिने कुनै पनि समस्या समाधानको लागि आफ्नो दैनिक खाना अथार्त हेल्दी ब्यालेन्स डाइटमा ध्यान दिनुपर्छ । जसको लागि हामीले फ्रेस फुड्स र ग्रिन भेजिटेबललाई धेरै जोड दिनुपर्छ । स्कीनको हाइड्रेशन मेन्टेन गर्नको लागि दिनमा २,३ लिटर पानी पिउने बानी बसाल्नुपर्छ । कस्मेटिक प्रोडक्टको प्रयोग गर्दा सकेसम्म आफ्नो स्कीनलाई सुट गर्छ गर्दैन त्यसमा पनि ध्यान दिनुपर्छ । गर्मीमा सकेसम्म कपडा कसैको पनि साटेर लगाउनु हुँदैन । हामीले प्रयोग गर्ने कपडा पनि सकेसम्म १०० प्रतिशत कटनको प्रयोग गर्नुपर्छ । जसले हाम्रो पसिनालाई सोस्छ र दुर्गन्धलाई हटाउछ । हामीले घरबाट बाहिर निस्कदा चर्को घाममा हिड्दै छौँ भने पाखुरा तथा शरीर छोपिने कपडा लगाउनुपर्छ । छाताको प्रयोग गर्नुपर्छ ।

हामीले दैनिक बिर्सनै नहुने विषय भनेको सन्सक्रिमको प्रयोग हो । पानी परे पनि घरभित्र बसे पनि सन्सक्रिमको प्रयोग गर्नुपर्छ । हाम्रो स्कीनलाई असर गर्ने विकिरणहरू मोबाइल ल्यापटक तथा इलेक्ट्रोनिक बाट पनि आइरहेको हुन्छ । हामीले सन्सक्रिम प्रयोग गर्दा अल्ट्रा भाइलेट ए र बी भएको रोज्नुपर्छ । आफ्नो स्कीनलाई हेरेर ओयली छ भने जेल बेस तथा वाटर बेसको प्रयोग गर्ने गर्नुपर्छ । अन्य स्कीनका लागि क्रिमबेसको प्रयोग गर्न सक्छौँ । हाम्रो स्कीनमा धेरै नै एक्सपोज छ भने दिनमा तीन पटक सन्सक्रिममको प्रयोग गर्न सक्छौँ । बाहिर कतै गएर घरमा आउँदा फोमोमिङ तथा ननफोमिङ क्लिन्जर प्रयोग गर्न सक्छौँ । त्यसपछि डेट स्कीन र स्कीनमा भएको पोलुशन हटाउनको लागि राम्रो कम्पनीको क्लिन्जर प्रयोग गर्नुपर्छ ।

पछिल्लो समय निकै चलेको सिरमहरू पनि प्रयोग गर्न सक्छौँ । एन्टी अक्सिजन एन्टी एजिङ सिरमहरू विभिन्न सिरम प्रयोग गर्न सक्छौँ । हमीले सल्लाह दिँदा भिटामिन सी सिरम दुई थोपा, एक्सपोज पार्टमा लगाउनुपर्छ । यसले बाहिरी विकिरणबाट स्कीनलाई बचाउनका साथै एन्टी एजिङ र ग्लोइङको काम पनि गर्छ । एन्टी एजिङको लागि भिटामिन ए प्रयोग गर्ने सल्लाह दिन्छौँ । भिटामिन ए हप्ताको तिन पटक प्रयोग गर्न दिन्छौँ । हाम्रो स्कीनलाई राम्रो बनाउन राम्रो मोस्चराइजर, भिटामिन सी भिटामिन ए र सन्सक्रिम अनिवार्य लगाउन आग्रह गर्छु ।