नेपालकै पहिलो क्रियटिभ ह्याट डिजाइनर अनिता खाती क्षेत्र

20

बुबा देवी बहादुर खाती क्षेत्री र स्वर्गीय आमा विष्णु कुमारी खाती क्षेत्रीको चार जना छोरी मध्येकी कान्छी छोरी क्रियटिभ फेशन डिजाइनर हुन अनिता खाती क्षेत्री । पाल्पा तानसेनको कैलाश नगरमा जन्मिएकी उनी सानैदेखि क्रियटिभ थिइन् । उनलाई सबैले भन्दा भिन्न केही नयाँ कामहरू गर्न मन पर्दथ्यो । उनले एसएलसी सम्मको पढाई जनता माध्यामिक विद्यालय र प्लस टू मिलिनिय कलेज पाल्पाबाट पुरा गरेकी हुन् । पाल्पामा पढाईपछि राम्रो पढाइ र कामको खोजीमा काठमाडौं आएकी हुन् । कान्छी छोरी भए पनि केही जिमेवारी उनको काँधमा थियो । उनी आफूसँगै आफ्नो आमा बुबाको नाम उच्च गर्न चाहन्थिइन् ।

त्यसैले आफ्नो सपना पुरा गर्नको लागि उनी बाबा आमाको न्यानो काख छोडेर काठमाडौँ आइन् । काठमाडौंको बसाई कोलाहाल समाज सबै जना आफ्नो स्वार्थ र काममा भागदौड गर्न नै व्यस्त हुन्थे । उनलाई केही समय त आमा बुबाको साथ छोडेकोमा पछुतो पनि लाग्यो आफूलाई एक्लो महसुस पनि गरिन् ।

तर उनलाई जसरी हुन्छ पढाई र केही नयाँ काम गर्नु थियो । अनि डिजाइनर क्षेत्रमा आफ्नो कदम अगाडी बढाइन् । उनले डिजाइनिङ यात्रा पास्नीको ड्रेसबाट गरेकी थिइन् । सन् २०१२ बाट आफ्नो डिजाइनिङ यात्रा बासबारीमा रहेको नमुना कलेज फेसन टेक्नोलोजीबाट गरेकी हुन् । १० वर्ष लामो अनुभव बटुलेकी उनले केही समय अन्य बुटिकमा काम गरिन् भने अनलाइन मार्फत पनि आफ्नो काम गर्दै आएकी छिन् । हाल कुपन्डोलमा उनले अनिताज क्रियशन सञ्चालन गरेकी छन् ।
उनी सामान्य डिजाइनर भन्दा फरक छिन् । उनले डिजाइन गरेको हरेक ड्रेसहरूमा नयाँपन भेटिन्छ । उनी खेर गएका कपडा तथा डजाइनका समानहरूमा आफ्नो कला प्रस्तुत गर्ने गर्छिन । उनले विशेष गरी फेशन सोका लागि ड्रेसहरू बनाउने गर्छिन् । पछिल्लो समय उनले ह्याटका डिजाइनहरू गरिरहेकी छिन् । उनले डिजाइन गरेको ह्याटमा विशेष कला झल्किन्छ । जुन अन्य डिजाइनरको भन्दा फरक हुन्छ ।