करुणाले उद्घाटन गरिन् कमलाज् कस्मेटिक एण्ड ब्युटिपार्लर

78


काठमाडौं । काठमाडौंको शुभकामना मार्ग मिराकल चोक सितापाइलामा कमलाज् कस्मेटिक एण्ड ब्युटिपार्लर उद्घाटन भएको छ ।

बिहिबार करुणाज् ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको अध्यक्ष करुणा पुरीको विशेष उपस्थितिमा पार्लर उद्घाटन गरिएको हो ।

कमला रुपाखेतीले करुणाज् ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरमा नै पार्लर सिकेकी हुन् ।

सिपको सदुपयोग गर्नको लागि पार्लर खोलेको कमलाले बताइन् ।
करुणाले पनि आफूले सिकाएको विद्यार्थीहरुले गरेको प्रगति देखेर खुसी लागेको अनुभव सुनाइन् ।

उद्घाटन कार्यक्रममा परिवारका सदस्यसहित केही विशेष व्यक्तिको उपस्थिति रहेको थियो ।