दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायी शिक्षा सौन्दर्यशास्त्र

3


खिलानाथ धमला पाठ्यक्रम विकास केन्द्रमा विगत १० वर्षदेखि पाठ्यक्रम विज्ञको रुपमा कार्यरत छन् । उनी व्यवसायसँग सम्बन्धीत विषयको पाठ्क्रम तयार गर्न व्यस्त रहने गरेका छन् । यसै अन्तर्गत २०७६ सालमा सौन्दर्यशास्त्र विषयले पनि ऐक्षिक विषको रुपमा सरकारबाट अनुमति प्राप्त गरेको छ । व्यवसायीक शिक्षाको भिडमा सौन्दर्यशास्त्रको पाठ्यक्रम कसरी तयार भयो ? सौन्दर्यशास्त्र भित्र के के विषय पर्दछन् भन्ने विषयमा पाठ्यक्रम विज्ञ धमलासँग गरिएको कुराकानी ….

सौन्दर्यशास्त्रको पाठ्यक्रमको विकास कसरी भयो ?
सौन्दर्यशास्त्र नै भनेर अध्ययन न भए पनि विभिन्न पार्लर तथा इन्सिच्युटहरूले प्रयोगात्मक रुपमा सुन्दरताको बारेमा तालिमहरू दिइरहेका थिए । नेपालमा एकेडेमी कोर्षमा अगाडी बढाउनको लागि सौन्दर्य व्यवसाय संघ नेपालकी केन्दीय अध्यक्ष कमला श्रेष्ठ ज्यूको विशेष योगदान रहेको छ । उहाँले २०७१ सालमा पाठ्यक्रम विकास केन्द्रमा टिमसहित आएर सौन्दर्य कला शिक्षाको आवश्यकता बारेमा जानकारी दिनु भएको थियो । उहाँले २०७१ साल मंसिर १० मा हामीलाई विभिन्न सौन्दर्यसँग जोडिएको व्यक्तिहरूको हस्ताक्षरसहितको ज्ञापन पत्र दिनु भएको थियो । विभिन्न चरणमा छलफल भएपछि शिक्षा मन्त्रालयले पनि पाठ्यक्रम बनाउन हामीलाई अनुमति दिएको थियो । त्यसै अनुसार राष्ट्रिय पाठ्यक्रम अनुरुप २०७६ पछि यो विषयले प्रवेश पाएर राष्ट्रिय पाठ्क्रम विकासले सौन्दर्यशास्त्रको पाठ्यक्रम बनाएको हो ।

सौन्दर्यशास्त्रको पाठ्यक्रममा के छ ?
सौन्दर्यशास्त्र शिक्षाको पाठ्यक्रम विकास गर्ने बेला बुझेको भन्दा निकै फरक विषय पाएका थियौँ । मानिसको अनुहारमा मात्र सुन्दर भएर हुँदैन भित्रि शरिर पनि सुन्दर हुनुपर्छ भन्ने विषयलाई यस पाठ्क्रमले विशेष जोड दिएको छ । सुन्दर हुनको लागि उसको खानपान,योगादेखि लिएर उसको व्यवहारसम्मको कुरा सौन्दर्यशास्त्रसँग जोडिदो रहेछ । आत्मा स्वच्छ हुनुपर्छ , तनावरहित हुनुपर्छ यी लगायतका धेरै विषय जोडिएर पाठ्क्रम तयार भएको छ । त्यसका साथै विशेष व्यक्तित्व विकासलाई पनि पाठ्क्रममा समावेश गरिएको छ ।

विद्यालयले सौन्दर्यशास्त्रको पाठ्यक्रम कसरी लागु गर्नुपर्छ ?
केही विद्यालयमा सौन्दर्यशास्त्रको अध्ययन पनि सुरु भइसकेको छ । नेपाल सरकारले स्वीकृत गरेको पाठ्क्रम वेबसाय राखिएको हुन्छ । स्थानीय तहबाट आफ्नो विद्यालयमा सौन्दर्यशास्त्र पढाउने अनुमति लिनुपर्छ ।

स्थानीय तहले सौन्र्दशास्त्र पढाउने अनुमति दिँदा के के कुरा हेर्छ ?
सौन्दर्यशास्त्र पढाउने शिक्षक को हो ? शिक्षकको पढाउने योग्यता छ कि छैन तालिम लिए न लिएको हेर्छ । स्थानीय तहकै स्रोत साधन प्रयोग गर्ने हो, त्यही अनुसारको मापदण्डहरू पुरा गरे न गरेको हेर्छ ।

सौन्दर्शशास्त्र विषय कहाँ कहाँ पढाई भइरहेको छ ?
नेपालको सन्दर्भमा सौन्दर्यशास्त्र विद्यालय स्तरदेखि पढाई सुरु भएको नयाँ विषय हो । त्यसै कारणले अहिले विराटनगर, पोखरा र काठमाडौंमा सौन्दर्यशास्त्र अध्ययन भई रहेको छ ।

सौन्दर्यशास्त्रको पाठ्यक्रम भित्र के के अध्ययन सूची छन् ?
अध्ययनको रुपमा सौन्दर्यशास्त्रको पढाई हालै वर्षबाट सुरु भएको हो । त्यसमा सौन्दर्यशास्त्र भनेको के हो ? सौन्दर्यशास्त्रको इतिहास, यस क्षेत्रमा काम गर्दै गर्दा कस्ता–कस्ता कुरामा ध्यान दिनुपर्छ लगायत व्यवहारिक ज्ञानका अध्ययन सूची छन् । त्यसमा पनि विशेष छालाको विशेष कियर कसरी गर्ने लगायतका सुचीहरू रहेका छन् । सृङगारका विभिन्न विधीहरू छन् । यसलाई ५० प्रतिशत सिद्धान्त र ५० प्रतिशत प्रयोगात्मकलाई जोड दिइएको छ ।

अन्त्यमा ..
सौन्दर्यशास्त्र एक व्यवसायीक शिक्षा हो । कक्षा नौ देखि १२ सम्म अध्ययन हुने यस विषयले राष्ट्रको लागि दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्छ । ऐक्षिक विषय अन्तर्गत सौन्दर्यशास्त्र अध्ययन गर्ने विद्याथीले केवल अनुहारको सुन्दरता मात्र हैन मनको सुन्दरतालाई पनि अध्ययन गर्ने मौका पाउनेछन् । चार वर्ष अध्ययन गरेर लिखित र प्रयोगात्मक परीक्षा पास गर्ने विद्याथीले विश्वका कुनै पनि देशमा पुगेर काम गर्न सक्ने क्षाकमताको विकास हुने छ ।