कार्बनल प्रोफेशनलले सम्पन्न गर्यो दुई दिने सेमिनार

178

काठमाडौं । कार्बनल प्रोफेशनलले काठमाडौंको गार्डेन हाेम चोक पक्नाजोलमा भदौ १७ र १८ गते दुई दिने सेमिनार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा राज्य श्री श्रेष्ठ,कमला श्रेष्ठ लगायत विशिष्ठ ब्युटिसियनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन ९० जना भन्दा धेरै र दोस्रो दिन ६० जना भन्दा धेरै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सेमिनारमा पहिलो दिनमा कलर, कटिङको बोरेमा डेमो र केमिकलको बोरेमा थेउरी सिकाइएको थियो । दोस्रो दिन पनि ट्रिटमेन्ट, कर्लर, कटिङ डेमो र थेउरी सिकाईको थियो ।

सेमिनारमा दुई ओटा कटिङ,हेयर कमिकलको बारेमा तीन घण्टा थेउरी दिएर त्यसपछिको समयमा प्रयोगात्मक रुपमा सिकाईको थियो । प्रयोगात्मकमा एस कर्लर,लेबेन्डर कर्लर र आइस्क्रे कर्लर देखाईको थियो । साथमा स्टे«ट र स्मूथिङ पनि सिकाईको थियो । सेमिनारमा इन्डियाबाट बिक्की सिंह आएका थिए ।

सेमिनार विशेष गरी केमिकलमा अन्योल रहेका ब्युटिसियनहरुको लागि आयोजना गरिएको थियो ।