असनमा रहेका अनधिकृत संरचना हटाउँदै महानगर

31

काठमाडौँ । काठमाडौं महानगरपालिकाले असनमा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन थालेको छ ।

नगर प्रहरीको टोलीले अहिले असन क्षेत्रमा नियम विपरीत बनाइएको संरचना र पसललाई हटाइरहेको छ ।

महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरु नियन्त्रणमा लिएर लगेको छ ।

व्यवसायीहरुले भने महानगरको कदमको विरोध गरेका छन् । उनीहरुले अनुमति लिएर व्यवसाय सञ्चालन गर्दा पनि महानगरको टोलीले हटाएर समान लगेको दाबी गरेका छन् ।