फार्महाउसमा सलमान खानलाई मार्ने योजना असफल

25

 

काठमाडौं । दबंग स्टार सलमान खानलाई पछिल्लो समय मार्ने धम्की आएको खबर सामाजिक सञ्चालमा चर्चामा छ । यस लगतै मुम्बई प्रहरीले फार्महाउसमा सलमान खानलाई ‘बिश्नोई ग्याङ’ ले मार्ने ‘प्लान बी’ को खुलासा गरेको भारतीय मिडियाले जनाएको छ ।

भारतीय मिडियाका अनुसार सलमान लामो समयदेखि लरेन्स ‘बिश्नोई ग्याङ’ को निशानामा थिए । सिद्धु मुसेवाला हत्या प्रकरण अघि लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने ‘प्लान बी’ बनाएका थिए ।

गोल्डी बरार, कपिलले यस योजनाको नेतृत्व गरिरहेका थिए । कपिल पण्डित, सन्तोष जाधव, दीपक मुन्डी र अन्य दुई शूटर मुम्बईको वाजे क्षेत्रको पनवेलमा भाडाको कोठामा बसेका थिए । जसलाई प्रहरीले गिरफतार गरेको छ । उनीहरुरुको साथबाट पेस्तोलसहितको हतियार बरामत भएको प्रहरीले जनाएको छ ।

उक्त ग्याङ करिब डेढ महिना फार्महाउस अगाडि कोठा लिएर बसेका थिए । उनीहरुले सलमान खानको फार्महाउसको गार्डलाई साथी बनाएर आउने जाने जानकारी पनि लिएका थिए । उनीहरुले सलमानलाई मार्नको लागि फार्महाउसको सडक प्रयोग गर्ने योजना बनाएका थिए । सडकमा खाल्डाखुल्डी भएकोले गाडीको स्पिड कम हुने र त्यही मार्ने योजना भएको थियो ।

डेढ महिनामा सलमान दुई पटक फार्महाउसमा पुगेका थिए । उक्त गिरोहले दुईपटक मार्ने कोसिस गरेपनि असफल भएको भारतीय मिडियाले जनाएको छ ।