लेखक खगेन्द्र लामिछानेको नविनतम कृति ‘फुर्के’ सार्वजनिक

7

काठमाडौं । अभिनेता निर्देशक तथा लेखक खगेन्द्र लामिछानेको नविनतम कृति ‘फुर्के’ को लोकार्पण भएको छ ।

अभिनय र निर्देशनमा बलियो छवी बनाएका लामिछानेले मानवीय संवेदनालाई चलचित्रमा मिहिन चित्रण गर्न सिपालु लामिछाने भुइँमान्छेको कथालाई आफ्नो लेखनको ड्राफ्ट बनाउन रुचाउँछन्। ‘फुलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’बाट मानिसको संवेदना केल्याउन खोजेका थिए भने फुर्केमार्फत कुकुरको संवेदना उजागर गर्न खोजेका छन्।

पुस्तक फुर्के नामक कुकुरको आत्मकथा हो। ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले पुस्तकको लोकार्पण क्रममै कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए।

फुलानी कथा संग्रह लेखिसकेका खगेन्द्र अभिनित फिल्म ‘पानीफोटो’ हालै प्रदर्शनमा आएको थियो। समीक्षकले रूचाएको यो फिल्मको प्रचारप्रसारकै क्रममा उनले यो उपन्यास ल्याउने घोषणा गरेका थिए।