करिश्मा भन्छिन्– ‘प्रेमगीत–३’ विश्वका धेरैँ भाषामा ‘डब’ गरी संसारभर देखाउनुपर्छ

14

काठमाडौं । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर ‘प्र्रेमगीत ३’ र विकास बोर्ड विवादमा प्रेमगीततर्फ खुलेकी छन् । फेसबुकमा लामो सन्देश लेख्दै उनले ‘प्रेमगीत ३’ लाई सघाउनुपर्ने पाँच कारण प्रस्तुत गरेकी छन् ।

उनको यो लामो स्टाटस चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई दिइएका सुझावको रुपमा पनि लिन सकिन्छ ।

नेपाली फिल्म विश्व बजारमा पुग्न नसकिरहेको अवस्थामा नेपालीको लगानी भएको, नेपालकै सुन्दर दृश्यहरु समेटिएको, नेपालकै कथामा बनेको चलचित्र, नेपाली प्राविधिकले काम गरेको लगायतका तर्क उनले पेस गरेकी छन् ।

यी विविध कारण फिल्मलाई सघाउन समेत करिश्माले बोर्डलाई सुझाएकी छन् । यति मात्र होइन, प्रेमगीत ३ लाई अंग्रेजी, चिनियाँ, इटालियन, जापानी र कोरियाली भाषामा समेत स्वरांकन गर्नुपर्ने करिश्माको सुझाव छ ।