वीर अस्पताल अगाडि रहेका औषधि पसलमा महानगरपालिकाले चलायो डोजर

5

काठमाडौं । महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलमा डोजर चलाएको छ । महानगरपालिकाले अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन थालेको हो ।

यसअघि महानगरपालिकाले फार्मेसी सञ्चालकलाई बुधबार नै २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर, फार्मेसी सञ्चालकले तत्काल हटाउन नसकिने जवाफ दिएपछि महानगरले बिहीबार डोजर चलाएको हो ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो । यसअघि नै वीर अस्पतालले समेत उक्त जग्गा खाली गराउन खोजेको थियो ।