नृत्य क्षेत्रमा उदाएका नवदुर्गा

75


सृजनात्मक कार्यको उत्कृष्ट पर्यावाची शब्द नृत्यकला हो जसद्वारा मनोरञ्जनात्मक उल्लासमय क्षणद्वारा संन्तुष्टिको अनुभुतिप्राप्त हुन्छ । नृत्यकला सभ्यताको विकास संग–संगै सामाजिक आवश्यकताको महत्वपुर्ण ललितकलाको एक अभ्यास हो । नृत्यकला मनोरञ्जनको रुपमा मात्र नभएर मानविय शारिरिक व्यायाम तथा एक मनोवैज्ञानिक शारिरिक विज्ञान हो । मानव समुदायसँग परस्पर आध्यात्मिक साधना र दर्शनहरूको व्यावहारिक पक्ष नृत्यमा रहेको हुन्छ । शारिरिक हाउभाउ, मुद्रा र नवरसको उत्कृष्ट अभ्यास लाई गित र संगीतको माध्यमद्वारा प्रदर्शन गर्ने कला नै नृत्य कला हो । जसले ऐतिहाँसिक परम्परागत लोक संस्कृतिलाई संरक्षण, सम्बद्र्धनमा टेवा पुर्याउँदै आएको छ ।
सृष्टिको निरन्तरता, पारिवारिक विकास समाजमा दया माया करुणा र आदिशाक्तिको रुपमा नारीको महत्वपुर्ण भुमिका निर्वाह रहेको छ । नारीको धरै रुप मध्य सबैभन्दा उच्च स्थानको आदरणिय र लोकप्रिय रुप नै आमा हो । मातृत्वको अथाह सागर सँग शक्तिको मुल स्वरुप नै नारी हुन् । नारी आफैमा एउटा दैविक शाक्ति हो । नारी र नृत्यको सम्बन्ध आदिम काल देखि रहेको कुरा हाम्रा धर्मग्रन्थहरूले पनि वर्णन गरेका पाईन्छ । रुप, विधा, संयोजक र प्रस्तुतीकरणको दृष्टिकोणले पनि नाचगानमा सजिव अस्थित्व र विशिष्ट स्वरुप नारीहरूमा स्पस्ट प्रर्दशन गर्ने क्षमता उच्च रहेको हुन्छ । आजको विश्वमा विशेष गरी नेपाली नृत्य क्षेत्रमा नृत्य शास्त्रको अध्ययन र अध्यापनले नृत्य क्षेत्रलाइनै फराकिलो र गर्विलो साथै आर्थिक पक्षको सबलता सँंगै मर्यादित पेशाको रुपमा प्रमाणित गर्न सफल भएको छ । बदलिदो समाजसँंग नृत्य पेशालाई नै अंगाल्दै नारी नृत्य निर्देशकहरू चौतर्फी रुपमा अब्बल नागरिकको पहिचान दिँदै अगाडि वढिरहेका छन् ।
नृत्य कलाको प्रमाणित शास्त्र र प्राचिन विद्याको यथार्थ वोध, गम्भिर अध्ययन र चिन्तनको कमी परिपुर्ती हेतु नृत्य विद्याको वैचारिक अनुसन्धानमुलक र प्रयोगात्मक अध्ययन गरी थोरै संख्यामा भएतापनी नृत्य शिक्षिकाहरू आफ्नो सिप र लगनले समाजमा यस क्षेत्रको लागि प्रेरणाको श्रोत बनेर देखा परेका छन् । अन्तराष्ट्रिय सांस्कृतिक महोत्सव, राष्ट्रिय र क्षेत्रिय सांस्कृतिक महोत्सव लगायत विद्यालयका कार्यक्रमहरूमा नृत्यकलाको आयामिक रचना, प्राचिन र परम्परागत मौलीक नृत्य विधाको उपदेयिता वारे विस्तृत नृत्यका रुप–रंग शब्द सुर–ताल, अभिव्यञ्जनमा समसामुहिक महत्व प्रतिस्थापन गर्ने कार्यले गर्दा पनी नृत्य निर्देशकको भुमिकामा हाल नारी नृत्य निर्देशकहरूको औचित्य प्रसंसनिय छ ।
प्राचिनकालमा सत्यको रक्षार्थ सम्बृद्धि प्रदान गर्न र संकटमोचन गर्न नवदुर्गा स्वरुपको नारी शक्ति विभिन्न धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ । आजको व्यस्त जिवन शैलिमा संस्कारयुक्त कलाशैली लोक व्यवहार मौलीक अस्तित्व र प्राचिन मुल्य मान्यताको यथार्थ अनुभुतिलाई नृत्य कलामा समेटी संरक्षण र संवर्धन गर्दै नृत्यकलालाई सांस्कृतिक धरोहर बनाई सुन्दर राष्ट्र बनाउन दायित्व बोकेका नारी शक्ति पनि वर्तमान परिपेक्षमा उत्कृष्ट नर्वदुर्गाका उदाहरण हुन् ।
नवदुर्गाहरू क्रमश ः शैैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र शिद्धिदात्री को विशिष्ट रुप महिशमर्दिनी हो । आजको समाजमा व्याप्त महिलामाथि हुने विभेदपुर्ण कुरीति र कुसंस्कार अन्घविश्वासलाई चिर्न समाजमा नृत्यलाई माध्यम बनाएर सकारात्मक दिशा पहिल्याउन पथप्रर्दशकको रुपमा प्रमाणीत गरेका नारी नृत्य निर्देशकहरू पनी आजको समाजका महिशमर्दिनीहरू हुन भन्दा अतियुक्ति नहोला । आजको सामाजिक जन–जिवन समक्ष नृत्य कलाको साक्षात्कार दर्शन लिँदै र दिँदै आएका नृत्य क्षेत्रका आदिशक्ति स्वरुप मानिने महिशमर्दिनी नारी नृत्य निर्देशकहरू २१ औ शताब्दी सम्म आईपुग्दा आफ्नो पेशागत परिचयलाई मर्यादित र अनुशासित विषयका रुपमा अगाडि बढाउन सफल देखिएका छन् ।

प्रमिला कार्की उप्रेती
स्नातकोत्तर (नृत्यशास्त्र)
अनुभवः विगत १५ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः नृत्य जीवन र जगतको प्रतिविम्बका साथै समाजको दर्पण हो र जस्ले समाजको कला, साहित्य, धर्म संस्कृति, रहनसहन लाई संरक्षण गरेको छ ।

नारायणी थापा मगर
प्रविणता प्रमाणपत्र तह, जुनियर डिप्लोमा–प्रयाग संगित समिति, अल्लाहवाद
अनुभवः विगत १८ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाःसाँस्कृतिक मौलिकता बचाउने एक अभिन्न विद्या नृत्य हो मानविय कलात्मक भावहरूको समग्र रुपनै नृत्य हो ।

दिलमाया वि.क.
स्नातकोत्तर (नृत्यशास्त्र)
अनुभवः विगत ७ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः नृत्य मानव जीवनको अपरिहार्य संस्कृतिको अभ्यास हो । स्थानिय जनजीवनको चरित्र चित्रणको ईतिहाँस बोकेको विद्या नै नृत्य विद्या हो ।

कल्पना राजचल श्रेष्ठ
स्नातकोत्तर (नृत्यशास्त्र)
अनुभवः विगत २५ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः हृदय भित्रको सूक्ष्म भावलाई अनुभुती गरी बाहिरी शरिरको अंग प्रत्याङ्गद्वारा प्रस्तुत गरिने कलात्मक अभिब्यक्ति नृत्य हो । “जो नाच्छ उ बढि बाँच्छ”

प्रमिला कार्की ढकाल
स्नातक (नृत्यशास्त्र)
अनुभवःविगत २५ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः नृत्य भनेको शरीरको विभिन्न अंगहरू द्वारा ताल र लयको आधारमा भाव ब्यक्त गर्ने कला हो जसले शरीर र दिमाग दुबैलाई तन्दरुस्त राख्दछ ।

कृपा बज्राचार्य
स्नातकोत्तर (नृत्यशास्त्र)
अनुभवः विगत १५ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाःजब देखी मैले आफ्नो शरीरको ताल बुझे, त्यसबेला देखि नृत्य गर्दै आईरहेको छु । नृत्यले मेरो दुनिया बनाउछ र म आफू हुनुमा उर्जा प्रदान गर्छु । त्यसैले मेरो लागि नृत्य भनेको कलात्मक अभिव्यक्ति हो ।

जमुना महर्जन
स्नातक
अनुभवः विगत २० वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः देशको मौलिक संस्कृति परम्परालाई विश्व सामु पहिचान गराउने माध्यम नै नृत्य हो । जसमा मानिसको उत्पती विकाश र अन्त्य भित्रको कृयाकलापहरूलाई प्रदर्शन गर्ने गरिन्छ ।

सृजना राजवाहक
स्नातकोत्तर (समाजशास्त्र÷नृत्यशास्त्र)
अनुभवः विगत २ दशकदेखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः नृत्य भनेको ताल, लयको आधारमा शरीरको विभिन्न अंग, प्रत्याङ्गको सञ्चालनका साथै हातको विभिन्न मुद्राहरूद्वारा भाव अविव्यक्त गर्ने एउटा माध्यम हो । नृत्यले विभिन्न कला संस्कृतिको संरक्षण एवम् जगेर्ना गर्दछ ।
भावना कार्की
स्नातकोत्तर (ग्रामिणशास्त्र÷नृत्यशास्त्र)
अनुभवः विगत १६ वर्ष देखि नृत्य क्षेत्रमा कार्यरत
नृत्य परिभाषाः ध्यान, ज्ञान, व्यायाम आदि तत्वहरूको मनोरञ्जनात्मक अभ्यास नृत्य हो । नृत्यले मानवीय जीवनमा उर्जा प्रकट गरी सुखमय भावना व्यक्तिमा प्रदान गर्दछ । मानविय जीवनलाई सफल बनाउन आवस्यक क्रियाहरू जस्तै रचनात्मक, सृजनात्मक र स्वस्थ जीवनको कल्पना नृत्यबाट गर्न सकिन्छ ।