सी.जी. ब्राण्डको दशैं–तिहार उपहार योजना बजारमा

11

काठमाडौं ।इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यसपालिको दशैँ, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ।

‘सीजीसँग यो पर्व, गरौँ गर्व’ नामक यस योजनाअन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्नेछ ।

कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथैसी.जी. ब्राण्ड अन्तर्गतको सी.जी. मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन् भने आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्नेछन् । उक्त योजना अन्तर्गत ग्राहकहरुले सी.जी. ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सकिनेछ ।

साथै, सीजीका ४३ सम्मका टेलिभिजनहरुकोखरिदमा आकर्षक क्यासब्याक तथा ५०” भन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सक्ने कम्पनिले जनाएको छ ।

त्यसैगरी, सी.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडानजस्ता पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यो आकर्षक योजना कम्पनीले भदौ ९ देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ।