संस्कार सहितको व्यवहारिक र प्रविधियुक्त शिक्षाको लागि ‘किड्स स्कूल’

142

करिब १४ वर्ष अगाडि बालबालिकाको चौतर्फि विकास गर्ने उदेश्यको साथ गोंगबु बानिँयाटारमा किड्स स्कूलको स्थापना भएको हो। त्यतिबेला बानिँयाटारमा प्रि–स्कूल थिएन । किड्स स्कूलमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुन्छ । किड्स स्कूलको मूख्य उदेश्य जीवन उपयोगी संस्कारसहितको व्यवहारिक र प्रविधियुक्त शिक्षाको अवसर प्रदान गर्नु हो।

किड्स स्कूल स्थापना भएको कति भयो ?

किड्स स्कूल करिब १४ वर्ष अगाडि स्थापनाभएको हो । २०६५ साल तिर गोंगबु बानिँयाटारमा प्रि–स्कूल थिएनन् । म पनि २०५६ सालदेखि नै शिक्षण पेशामा आवद्ध भई स्कूल चलाउँदै थिए । मेरो बसाई पनि यतै सरेपछि आफ्नो अनुभव र तालिम अनुसार किड्स स्कूलको स्थापना गर्न सफल भएका हौँ ।

किड्स स्कूल खोल्नुको उदेश्य के हो ?

यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुन्छ । यो समय विद्यार्थीको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण समय हो । तसर्थ हाम्रो मूख्य उदेश्य भनेको जीवन उपयोगी संस्कारसहितको व्यवहारिक र प्रविधियुक्त शिक्षाको अवसर प्रदान गरी भविष्यमा आफ्नो क्षमता र
रुची अनुसारको पढाई छनोट गर्न मद्दत पुगोस् र विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरूमा भाग लिँदै मनोबल बृद्धि गरी निर्धक्ककासाथ आफ्नो प्रतिभा प्रस्तुत गर्न सकुन,आफ्नो व्यक्तिगत मात्र नभएर सामाजिक मूल्य मान्यतामा रही जीवनयापन गरुन जसको लागि यस विद्यालयमा बिताएका र अनुभव गरेका नौँ वर्ष बालबालिकाको जीवनको माइलस्टोन बन्न सकोस् ।

बालबालिकालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

स्कूलको वातावरणले बालबालिकाहरूको चौतर्फि विकासको लागि तेस्रो भूमिका खेल्ने भएकोले सबै भन्दा पहिला उनीहरूको राम्रो व्यवस्थापन हुनु अतिआवश्यक छ । उनीहरूलाई चाहिने पुर्वधारहरू जस्तै : बालमैत्री कक्षाकोठा, प्रशस्त खेलकुद सामाग्रीहरू, पुस्तकालय, कम्प्युटर ल्याब तालिम प्राप्त शिक्षक– शिक्षिकाहरू, सुरक्षित खेलकुद मैदान र सौहार्दयपूर्ण वातावरणले विद्यार्थीहरूको व्यवस्थापन हुँदै आएको छ । उमेर अनुसारको विद्यार्थीको सिकाई शैली र क्षामता फरक हुन्छ भन्ने कुरामा कुनै दुई मत नै
छैन । त्यसैले हाम्रो विद्यालयमा पूर्व–प्राथामिक तह र प्राथमिक तहका भवनहरू नै फरक रहेका छन् । जसले गर्दा बालबालिको व्यवस्थापन पढाई अनुकुल भएको हामीले अनुभव गरेका छौँ ।

विद्यार्थीलाई कसरी पढ्न सिकाईन्छ?

सबै बालबालिकामा समान क्षमता हुँदैन । हरेक  बालबालिकामा विशेष किसिमको प्रतिभा लुकेको हुन्छ । त्यसकारण, पहिलो कुरा त विद्यार्थीको क्षामता पहिचान गरी उनीहरूमा कस्तो क्षामता र रुची छ
? कस्तो प्रकारको सहयोगको आवश्यकता छ भन्ने कुरामा ध्यान दिईन्छ । नानी बाबुहरूलाई खेलाउँदै विभिन्न खेलकुदको माध्यमबाट र शैक्षिक सामाग्रीको प्रयोग गर्ने तथा विभिन्न प्रयोगात्मक क्रियाकलापमा संलग्न गराई सबै विषयहरूलाई समावेशी रुपमा कार्ययोजना बनाउँदै सो अनुरुपका गतिविधिहरू निर्धारण गरिन्छ । उक्त निर्धारित गतिविधिहरूलाई शिक्षक–शिक्षिकाको सहायताले पुरा गर्न पे्ररित गरिन्छ । निरन्तर अवलोकन र प्रोत्साहानका साथ विद्यार्थीहरूलाई पढ्न सिकाईन्छ ।

विद्यार्थीको सिकाई कसरी मापन गर्नु हुन्छ ?

सिकाई भनेको विद्यार्थीले किताबमा भएका पाठ्यक्रमलाई पढ्नु र सिक्नु मात्र नभएर ती विषयहरू दैनिक जीवनमा कतिको उपयोगी छन् र लागु हुन्छन् हुदैनन्,आफ्नो क्षमताले भ्याउने कार्यहरूआफैँ गर्न सक्छन् सक्दैनन् यी सब कुरामा अवलोकन गर्न आवश्यक हुन्छ । उनीहरूलाई निरन्तर हेर्ने, बुझ्ने, मुल्याबकन गर्ने र रेकर्ड राख्ने काम गरिन्छ । सो समय उनीहरूलाई कस्तो किसिमको साथ र सहयोग चाहिएको छ, अभिभावकसँग सल्लाह गरी मद्दत गरिन्छ । बेला बेलामा उनीहरूको आत्माबल बढे नबढेको थाहा पाउन विभिन्न कार्यक्रमहरूमा सहभागि गराउने गरिन्छ ।

अन्य स्कूल भन्दा किड्को शिक्षण शैलीमा के फरक छ ?

हामी परिभणामा नभई गुणस्तरमा बढी केन्द्रित रहेर शिक्षण गर्ने गर्दछौँ । हामी विद्यार्थीहरूलाई शैक्षिक विषयका साथ साथै संस्कार, सामाजिक मूल्य मान्यता, नैतिक शिक्षा र व्यवहारिक ज्ञानमा पनि संगसँगै अगाडि बढाएका छौँ । हामी खेल पद्धतिबाट मनोरञ्जनका साथ विभिन्न क्रियाकलापमा सहभागी गराई प्रगतिशिल र समावेश गराउँछौँ । अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूलाई विशेष स्थान दिएर नयाँ सृजना गराउँछौँ । जसले गर्दा विश्वव्यापी रुपमा करिब १४ वर्ष अगाडि बालबालिकाको चौतर्फि विकास गर्ने उदेश्यको साथ गोंगबु बानिँयाटारमा किड्स स्कूलको स्थापना भएको हो। त्यतिबेला बानिँयाटारमा प्रि–स्कूल थिएन । किड्स स्कूलमा कक्षानर्सरीदेखि कक्षा ५ सम्म पढाई हुन्छ । किड्स स्कूलको मूख्य उदेश्य जीवन उपयोगी संस्कारसहितको व्यवहारिक र प्रविधियुक्त शिक्षाको अवसर प्रदान गर्नु हो। सचेत नागरिक बन्न सफल हुनेछन् भन्ने कुरामा हामी निकै आशावादी छौँ ।

अबको योजना के छ ?

हाम्रो स्कूल ब्रिटिस काउन्सिलबाट अन्तराष्ट्रिय
विद्यालय पुरस्कारबाट सम्मानित स्कूल हो । हामी पिजी देखि युकेजी र कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन गछौँ विद्यार्थीलाई सिकाउने पद्धतिलाई अझैँ प्रभावकारी रुपमा अगाडि बढाउने र डिजिटल सचेत गराउने उदेश्यले नानीबाबुहरूलाई अन्तराष्ट्रिय र सामुदायिक विद्यालयहरूसँग निरन्तर समन्वय
गर्दै सिकाईलाई बृहत गर्ने योजना छ ।

अन्तमा : अहिलेको समयमा अभिभावकहरू पनि आफ्नो कामप्रति भविष्यउन्मुख हुन्छन् । समयको माग, मूल्यवृद्धि, बालबालिकाको बढ्दो, शिक्षाको साथै जीवनयापनाका लागि अभिभावकहरूको पनि संघर्षशील समय छ । एकातिर भविष्यउन्मुख अभिभावकको बालबालिकासँगको न्यून समय र
अर्कोतिर घर भित्र नानीबाबुहरूसँग बस्ने अभिभावकको पनि गुणस्तर समय नहुने, घनिष्ठ कुराकानी,समस्या पहिचान गर्ने, समाधान र सहयोग गर्ने, उत्प्रेरणा दिने जस्तै कुराहरूमा कमि भएर बालबालिकाले एक्लोपन
महसुस गरेको जस्तो पनि देखिन्छ । विद्यालयले यस्ता कुराहरूको पहिचान गरी अभिभावकलाई तालिम दिने अभिभावक भेला गरी जानकारी गराउने
र शिक्षक–शिक्षिकाले पनि बालबालिकाको विशेष ध्यान राख्ने गरेका छन् ।