दशैंमा छालाको हेरचाह

13


डा.कस्मिका घिमिरे, जनरल फिजिसियन फेलोसिप इन
एस्थेटिक्स, यूएसए

सामान्य रुपमा चाडपर्व, बिदा तथा कुनै विशेष दिन भन्ने विक्तिकै हाम्रो भान्सामा विशेष प्रकारका खानेकुराहरू पाक्ने गर्छन् । केही समय अगाडी हामीले तीजलाई बिदा गर्यौँ । तीजमा पनि हामीले दरको रुपमा विभिन्न खानेकुरा खायौँ । अब दसैं हाम्रो घर आँगनमा आइसकेको छ । दसैंमा त झन हामीले विशेष मासुका परिकार र पिय पदार्थ धेरै खान्छौँ । जसको प्रत्यक्ष असर हाम्रो छालामा पर्ने गर्छ । विशेष गरी बिदामा बस्ने, चाडवार्डमा घरमा बस्ने भनेपछि महिलाहरूले आफ्नो छालालाई खासै हेरचाह गदैनन । शरीरलाई सुन्दर देख्नको लागि महंगो लुगा गरगहना लगाउँछौँ तर अनुहारलाई सुन्दर कस्मेटिक प्रोडक्टले भन्दा छालामा आउने चमकले देखाने गर्छ । त्यसका लागि चिन्ता मुक्त जीवन, सकरात्मक सोच, आन्नददायी निन्द्रा, स्वस्थकर खाने कुरा र प्रदुषणरहित वातावरण हुनुपर्छ ।

चाडवार्डमा रमाईलो मुडमा मध्यपान धुम्रपान चिन्ताको कारण विभिन्न रोग मात्र हैन छालालाई पनि विशेष असर गर्छ । छाला भनेको हाम्रो स्वास्थ्यको ऐना हो । दैनिक जीवनमा हामी कतिको सकरात्मक छौँ । त्यसको प्रत्यक्ष असर हाम्रो मुहारको छालामा देख्निछ । व्यस्तता बढेसँगै हामीहरू विलाशी जीवन बिताइ रहेका छौँ । घरमा पकाइने खाने कुरा भन्दा हामीलाई होटल रेस्टुरन्टमा पकाईको खानेकुराहरू मन पराउन थालेका छौँ । त्यस्ता खानेकुरा एकै छिनको स्वादको लागि मिठो त हुन्छ तर बिस्तारै हाम्रो छालालाई असर गरिरहेको हुन्छ । दसैंमा हामी विशेष मासुका परिकार त्यसमा पनि बोसोयुक्त खानेकुरा खान्छौँ । त्यसले हाम्रो छालालाई असर गरिरहेको हुन्छ ।

त्यस कारण प्राकृतिक रुपमा ओयली छाला भएको व्यक्तिहरूले दसैंमा बोसोयुक्त खाना कम खाएकै राम्रो हुन्छ । छालाई स्वस्थ राख्नको लागि प्रयाप्त मात्रामा पानी पिउने, व्यायम गर्ने,सकरात्मक सोच्ने,चिन्तारहित जीवन बिताउने,मिठो निन्द्रा निदाउने र विशेष खानेकुरामा ख्याल गर्न‘पर्छ । हामी कस्मेटिक प्रोडक्ट प्रयोग गर्ने वित्तिकै हाम्रो छालामा परिवर्तन आउँछ भनेर सोच्छौ त्यो भ्रम मात्र हो । अनुहारको छालालाई चमक दिन हामीले प्रयोग गर्ने ब्युटि प्रोडक्टले काम गर्न ६ देखि ८ हप्ता लाग्छ । त्यसैले कुनै पनि ब्युटि प्रोडक्टले आजको भोली नै परिवर्तन गर्छ भन्नु त्यति उपयुक्त हुँदैन । सुन्दरता भनेको छाला भित्रको चममकता भन्ने बुझ्न आवश्यक छ । अनुहारको रंगसँगले हाम्रो सुन्दरतामा केही असर गर्दैन विशेष असर त हामीले कस्तो खाना खान्छौँ त्यसमा भर पर्छ । चिल्लो ओयली, एक्नी, पिम्पल आउने व्यक्तिहरूले चिल्लो कम खानुपर्छ । झोलपदार्थ, मरमसला, नुन, चिनी कम भएको खाने कुरा खानुपर्छ । विभिन्न कारणले छालामा भएको दाग धप्पा पिम्पल छालामा भएको विकार रिपेयर हुनको लागि प्रयोग गरेको ब्युटि प्रोडक्टले प्रभाव पार्न ६ देखि ८ हप्ता लग्छ ।

छालालाई घामबाट जोगाउन अनिवार्य रुपमा एसपिएफ भएको सन्सक्रिम प्रयोग गर्न‘पर्छ । विशेष घरबाट बाहिर निस्कनु भन्दा आधा घण्टा अगाडि छालामा सन्सक्रिम लगाउन एकमद जरुरी छ । सन प्रोटेक्टिभ फ्याक्टर भएको ३० देखि ५० सन्सक्रिम प्रयोग गर्न राम्रो हुन्छ । त्यपछि पनि दिनमा एकदेखि दुई पटक लगाउनु पर्छ । त्यसका साथै भिटामिन
सी, ‘हाइलोरनिब’ सिरम एचए सिरमको प्रयोग गर्न
निकै आवश्यक छ ।