सिटीमाथि लिभरपुलको जित

19


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।

आइतवार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० गोल अन्तरले हराएको हो ।

यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ ।लिभरपुल आठौं स्थानमा रहेको छ ।

सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।