ग्राहकको सन्तुष्टिले हामीलाई निकै ठूलो हौसला मिलेको छ

40


करिब २२ वर्ष अगाडि इन्डियाको गुजरातमा स्थापना भएको थियो । नन्दनी हर्बल कियर प्रा.लि. को प्रोडक्टबाट सुरु गरेको कम्पनीले आज N+Professional ले रेन्ज लिएको आएको थियो । N+Professional नेपालमा काम गरेको डेढ वर्ष मात्र भएको छ । अब हामीले अर्गानिक रेन्ज पनि लन्च गर्ने तयारी गरिरहेका छ । यस कम्पनीले नेपालमा N+Professional, Nandini herbal, nandini organic / lariberi brand नेपालमा भित्राएको छ । यसरी यही कम्पनीमा जोडिएर विगत १५ वर्षदेखि विशेष सेल्स एण्ड मार्केटिङको सेक्टरमा नेशनल सेल्स म्यानेजरको रुपमा काम गरिरहेका पदम शर्मासँग गरिएको कुराकानी

यो क्षेत्रमा कसरी लाग्नु भयो ?
म पढ्नको लागि कामठाडौंमा प्रवेश गरेको थिए । प्लस टू गर्दा गर्दै पकेट खर्चको रुपमा केही काम त गर्नुपर्छ भनेर सोच्दा म कस्मेटिक क्षेत्रमा जोडिन पुगे । यसरी ब्याचर, मास्टर गरिसकेपछि घरमा कुनै बैंकिङ क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेसर थियो । विगतलाई फर्केर हेदा मैले करिब १० वर्ष कस्मेटिक क्षेत्रमा नै बिताइसकेको थिए । त्यसैले अन्य काम भन्दा कस्मेटिक क्षेत्रसँग आवद्ध भएको हुँ ।

N+Professional सँग कसरी जोडिनु भयो ?
कोरोना महामारीको समयमा N+Professional को म्यानेजिङ डाइरेक्टर हितेश लिम्बानीसँग नयाँ प्रोडक्ट बसरी बजार ल्याउने भन्ने विषयमा कुराकानी भयो । दोस्रो लकडाउनमा हामीले विभिन्न अनुसन्धान गर्यौँ र नेपाली बजारमा N+Professional का प्रोडक्ट नेपाली बजारमा सार्वजनिक गर्यौ। यसरी म N+Professional सँग जोडिन पुगेको हो ।

N+Professional ले बजारमा कस्ता प्रोडक्ट ल्याएका छन् ?
N+Professionalले नेपाली बजारमा सन्सक्रिम,फेसवास,मेलाकियर फेसवास,पिग्मेन्टेशन क्रिम,विभिन्न प्रकारका मसाज क्रिम,स्क्रब,हेयर सम्बन्धी स्याक्पु, कन्डिसनर, ओयल लगायतका प्रोडक्टहरू आएका छन् । विशेष हेयर र स्किन कियरका प्रोडक्टहरू छन् ।

N+Professional को प्रोडक्ट नै किन रोज्ने ?
सबै भन्दा पहिलो हामी कस्टोमरले कुनै पनि प्रोडक्ट रोज्दा प्रोडक्टको क्वालेटी कस्तो छ ? यो प्रोडक्ट कति वर्ष पुरानो हो जान्न एकदमै आवश्यक छ । हाम्रो कम्पनी २२ वर्ष पुरानो हो । नेपाल र इन्डिया बाहेक युरोपियन देशमा हाम्रो राम्रो काम भइरहेको छ । विशेष हामीले ग्राहको लागि क्वालेटीमा कुनै पनि सम्झौता गरेका छैनौँ । हाम्रो प्रोडक्टको कुनै पनि साइड इफेक्ट छैन । हामीले बाहिर बोटलमा जे जे लेखेका छौँ त्यो केमिकलहरू भित्र प्रोडक्टमा पनि राखेका छौंँ । मूल्य र क्वालेटी एकदमै N+Professional छ । त्यसैले सबैलाई हाम्रो प्रोडक्ट रोज्न आग्रह गर्छु ।

अबको योजना के छ ?

N+Professional मा हामीले काम गरेको डेढ वर्ष भएको छ । ग्राहको सन्तुष्टिले हामीलाई निकै ठूलो हौसला मिलेको छ । एक वर्ष भित्र हाम्रो व्यापारलाई डबल गर्ने तयारी सुरु भएको छ । जसमा हामी एन्टी एजिङको प्रोडक्ट लन्च गर्दै छौँ । साथमा सन्सक्रिमको साइज र एसपिएफ बढाएर ल्याउँदै छौँ । मार्केटको लागि टिभी एडदेखि नायँ प्रोडक्टको लन्चका कार्यक्रमहरू तीव्र रुपमा बढाउने योजना छ । हामी अर्गानिक प्रोडक्ट पनि लन्च गर्ने तयारीमा छौँ ।

अन्तमा : यति छोटो समयमा हामीले पाएको सफलता भनेको ग्राहकको मुहारको खुसी हो । हाम्रो प्रोडक्ट प्रयोग गरेर हामीलाई हौसला प्रदान गर्ने ग्राहकप्रति विज्ञापन गरेर सहयोग मार्केटिङमा सहयोग गर्ने मिडिया प्रति धन्यबाद भन्न चाहन्छु । विशेष हितेश सरलाई धन्यबाद भन्न चाहन्छु उहाँले हाम्रो चाहाना अनुसार सबै क्षेत्रमा सवशेष सहयोग गर्नु भएको छ ।