कम मूल्यमा गुणस्तरीय डिजाइनका लागि ‘कोजी बुटिक’

68

जमुना मगर ‘कोजी बुटिक’ को सञ्चालिका हुन् । इलामको लक्ष्मीपुरमा बुबा भिमबहादुर मगर र आमा पवित्रा मगरको कोखबाट उहाँको जन्म दोस्रो सन्तानको रुपमा भएको हो ।

उहाँको बाल्यकाल सुखमय रुपमा बित्यो । उहाँ बाल्यकालमा निकै कम बोल्ने अनि लजालु स्वभावको हुनुहुन्थो । त्यो स्वभाव अहिले पनि उस्तै छ ।

मध्यमवर्गीय परिवारम हुर्कनु भएको उहाँले एसएलसीसम्मको पढाई गाउँकै स्कूल सरस्वती सेकेन्डरीबाट गर्नु भयो । त्यसपछि प्लस टू को पढाई इलाम क्याम्पसबाट पुरा गर्नुभयो ।

त्यसपछिको पढाई पुरा गर्नको लागि उहाँ काठमाडौं आउनु भयो । काठमाडौंमा उहाँको दाई हुनुहुन्थ्यो । काठमाडौं आएर उहाँले एजुकेशन पढ्नुभयो । २०६९ मा उहाँको विवाह दिनेश राईसँग भयो । विवाहपछि केही समय उहाँले परिवारमा नै बिताउनुभयो ।

त्यसपछि श्रीमान दिनेश राई बहिनी डा. रेखा थापा लगायत परिवारका सबै सदस्यहरूले सिलाई तथा फेशन डिजाइन सिक्न आग्रह गर्नुभयो । त्यसपछि उहाँले केही समय डिजाइन कोर्ष गर्नुभयो । २०७३ सालमा छोरा मीहाङ राईको जन्म भयो । उहाँले केही समय आफ्नो सन्तानको हेरचाहमा खर्चनु भयो ।

उहाँले केही समय आफ्नै बुटिक पनि सञ्चाल गर्नु भएको थियो । यता,डा. रेखा थापाले बौद्धमा ‘कोजी ब्युटि सलोन एण्ड एकेडेमी’ सञ्चालन गर्दै आउनु भएको थियो ।

कोजी सलोनमा हेयर, मेकअप स्किन सम्बन्धी सबै काम हुने भएपछि एक ब्राइडलको लागि डिजाइनर ड्रेसको आवश्यकता थियो । त्यसै अनुरुप कोजीले बेहुलीहरूको लागि एउटा ‘ पुर्ण प्याकेज’ दिने उद्देश्यको साथ चाबहिलको चुच्चे पाटीमा कोजी बुटिक सञ्चालन गरेको हो ।

जमुनाले करिब ५ वर्षदेखि कोजी बुटिक सम्हालिरहनु भएको छ । यस बुटिकको मूख्य विशेषता भनेको कम मूल्यमा गुणस्तरीय डिजाइनका ड्रेस पाउनु हो । ग्राहकको माग अनुसार कोजीले हरेक प्रकारको डिजाइनर ड्रेसहरू बनाउने गरेको छ । विशेष कोजी बुटिकमा ब्राइडल र पाटी ड्रेसको लागि माग बढी आउने गरेको छ ।