आफैँमा निखारिएकी ब्युटिसियन लिना

89


करिब २० वर्षदेखि व्युटिसियन क्षेत्रमा सक्रिय लिना डंगोलको जन्म वीरगञ्ज ४ विर्तामा भएको हो । बुबा कमल डंगोल र आमा बसुन्धरा देवी डंगोलकी लिना कान्छी छोरी हुन् । लिनाको बाल्यकाल सामान्य रुपमा बित्यो । जिम्दारको परिवारमा जन्मिनु भएकी लिनाले बाल्यकालमा आफ्नो चाहाना अनुसार खासै केही काम पनि गर्न पाउनु भएन ।

त्यति बेला लिना हुर्केको समाजको सोच निकै सानो थियो । त्यतिबेला समाजको सोच छोरीहरूले घरभित्र मात्र सीमित हुनुपर्छ भन्ने थियो । त्यही कारण लिनाले आफ्नो बाल्यकालमा इच्छा अनुसारका कामहरू गर्न पाउनु भएन ।
कक्षा ८ मा पढ्दै गर्दा बुबाको (२०४९) निधन भएपछि समाजले लगाएको सबै बन्धन हट्यो । त्यो पललाई सम्झ्दै उहाँ भन्नु हुन्छन– ‘बुबाको निधनपछि जीवनमा संघर्षका दिनहरू सुरु भए । समाजका मानिसहरूले छोरीले घरबाट बाहिर निस्कन हुँदैन भन्थे तर हामीले परिवारलाई सम्हाल्नु थियो । त्यसैले हामीले समाजको कुरालाई बेवास्ता गर्दै अगाडि बढ्यौँ । त्यतिबेला समाजले हामीलाई हेर्ने दृष्टिकोण निकै फरक थियो । आफन्तहरूले पनि बुबाको निधनपछि हामीलाई धेरै नराम्रो व्यवहार गर्नुभएको थियो ।’

सानैमा बुबालाई गुमाएपछि लिनाको परिवारले धेरै संघर्षको दिनहरू देख्नु भयो । लिनालाई सानैदेखि मेकअप र फेसनमा रुची थियो । पार्लर सिक्नु भन्दा अगाडि नै उहाँले साथीभाईको विवाहमा बेहुलीलाई मेकअप गर्नेदेखि आफन्तहरू दिदी बहिनीहरूलाई भोज पाटीमा जाँदा चिटिक्क बनाएर मेकअप गरिदिनु हुन्थ्यो । उहाँले गरेको मेकअप सबैलाई धेरै मन पर्दथ्यो । उहाँले फ्रिमा सभिर्स गरेर आफ्नो करियरको बाटो तय गर्नु भएको थियो । उहाँलाई जुरो बनाउने ज्ञान आमाले दिनु भएको थियो । त्यतिबेला झरेको कपाल र कालो कपडाको प्रयोग गरी बन बनाई जुरो बनाउनु हुन्थ्यो ।

उहाँको मेकअप मन पराउने परिवार र आफन्तले पार्लर सिक्न आग्रह गरिरहनु हुन्थ्यो । उहाँलाई मोडलिङ र फेशन सो मा पनि निकै रुची थियो । २०५९ सालमा उहाँले वीरगञ्जलमै काठमाडौंबाट जानु भएको कल्पना पराजुलीसँग ६ महिनाको व्युटिसियन सम्बन्धी तालिम लिने अवसर पाउनु भयो । त्यो तालिमले उहाँको सिपलाई निर्खारन धेरै मद्दत गर्यो ।
उहाँ मोडलिङको इच्छा पुरा गर्न आमालाई घरमा फकाएर काठमाडौं आउनु भयो । काठमाडौं आएर विभिन्न व्युटि कन्टेस्टमा भाग लिनु भयो । त्यसबाट उहाँको मनोबल बलियो भयो । त्यसपछि वीरगञ्जन टेलिभिजमा भिजे, रेडियो विरगञ्जमा आरजे काम गर्नुभयो । विभिन्न कार्यक्रममा सहभागी हुँदा उहाँमा व्युटिसियन पेशामा लगाब बढ्दै गयो ।

करिब २६ वर्ष उहाँले वीरगञ्जलमा बिताउनु भयो । २०६१ सालमा हाल काठमाडौंमा रहेका निश्चल ताम्राकारसँग उहाँको विवाह भयो । विवाहपछि केही समय परिवारको हेरचाहमा नै बित्यो । घरमा सासु आमाले उहाँलाई आफूले सिकेको सिप प्रयोग गरी पार्लर खोल्न आग्रह गर्नु भयो थियो । तर विभिन्न समस्याको कारण पार्लर खोल्न सक्नु भयो ।

परिवारमा छोरी प्रशंसा ताम्राकार र रैसा ताम्राकारको जन्म भयो । उहाँले आफ्नो समय उहाँहरूको हेरचाहमा नै दिनु भयो । २०६६ सालमा श्रीमानको सरुवा भएपछि काठमाडौँ आउनु भयो । काठमाडौंमा जीवन चलाउन निकै कठिन थियो । एक जनाको कमाईले परिवारको आवश्यकता पुरा गर्नु पर्दथ्यो । उहाँले हेयर कटिङ, हेयर केमिकल, मेकअपको बेसिक एडभान्स कोर्ष पुरा गर्नु भयो । त्यसपछि एक वर्ष सिकेकै ठाउँमा काम गर्नु भयो ।

आफ्नै पार्लर भए जस्तो अरुको काम गरेको नहुने सोचेर २०७७ सालमा इमाडोलमा ‘लिना व्युटिजोन व्युटिपार्लर ’ खोलेर सञ्चालन गरिरहनु भएको छ । उहाँले पार्लरको भविष्य निकै राम्रो देख्नु भएको छ । व्युटिसियनहरूले प्रविधिअनुसार आफूलाई अपडेट गराउन सके महिलाहरूको लागि जीवन चलाउने उत्कृष्ट पेशा रहेको उहाँको दाबी छ ।

उहाँले २०२० मा व्युटिसियन ट्यालेन्ट नेपाल जित्नु भएको थियो । २००० मा समी क्वीन व्युटी कन्टेस्टमा सहभागि हुनु भएको थियो । २००१ मा विरगञ्ज फेशन सो मा सहभागी हुनु भएको थियो । २०२० मा व्युटिसियन ट्यालेन्ट नेपालको विजेता हुनु भएको थियो र साथमा उहाँले प्रश्नालिटिको टफि समेत पाउनु भएको थियो । उहाँसँग विभिन्न फेशन सोमा मेकअप आर्टिस् र विभिन्न म्युजिक भिडियो र विज्ञापनमा मेकअप आर्टिस्को रुपमा काम गरेको अनुभव छ । साथै उहाँले सहिद धर्म भक्त हाई स्कूल नक्खु ललितपुरमा कक्षा ८,९ र १० लाई दुई वर्ष व्युटिसियन कोर्ष पढाउनु भएको छ ।