जाडोमा छालाको लागि प्रयोग हुने घरेलु सामाग्री

30

जाडो बढेसँगै छाला सुख्खा भई विभिन्न समस्या देखिन थाल्छ । चिसो मौसममा शरीरको भन्दा बाहिरी वातावरणको तापक्रम कम हुन्छ । त्यसै कारणले हाम्रो छाला सुख्खा हुन्छ । चिसो मौसमको असर सबै भन्दा धेरै हाम्रो अनुहार र हात ख्ट्टामाको छालामा देखिन्छ ।

त्यसैले जोडो सुरु हुने वित्तिकै नै हामीले दैनिक प्रयोग गर्ने स्किन केयरका सामाग्रीहरू परिवर्तन गर्न जरुरी हुन्छ । वास्तवमा भन्दा गर्मीमा प्रयोग हुने स्किन केयरका सामाग्रीले जाडोमा काम गर्दैन । साथै ती गर्मीका प्रोडक्ट जाडोमा प्रयोग गर्दा नकरात्मक असर पर्ने सम्भावना धेरै हुन्छ ।

जाडो महिनामा तातो पानी बढी प्रयोग गरिने हुँदा छाला सुख्खा भई फुट्ने सम्भावना धेरै हुन्छ । त्यसैले हामीले साधारण पानी बढी प्रयोग गर्नु हाम्रो छालाको लागि राम्रो हुन्छ ।

मोस्चुराइजर मिसाइएको क्लिन्जरले मात्र अनुहार धुनुपर्छ । अनुहारलाई धोएर टावेलले पुसेर चिसो छालामा नै मोस्चुराइजरको प्रयोग गर्ने गर्नु पर्छ । यसरी लगाउँदा हाम्रो छाला राम्रोसँग मोस्चुराइज हुन्छ ।
जाडो महिनामा पनि हामीले गर्मी महिनामा प्रयोग गर्ने सन्सक्रिमको एसपिएफ प्रयोग गर्नुपर्छ । जाडो महिनामा घाम धेरै बस्ने हुँदा सन्सक्रिम नछुटाई प्रयोग गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी झोलिलो खाने कुरा तथा जुसहरू पिउनाले शरीरलाई भित्रैबाट हाइड्रेट बनाउँछ । साथै शरीरको अन्य भागको छाला पनि स्वस्थ हुन्छ ।

हप्तामा एक पटक नरिवल तथ ओलिभको तेलले शरीर मालिस गर्दा शरीरमा रक्तसञ्चार बृद्धि भई छाला स्वस्थ र स्फुर्त हुन्छ ।
शरीरलाई पुरै ढाक्ने कपडा लगाउनुपर्छ । अनुहारमा मास्क र चस्माको प्रयोग गर्नुपर्छ यसरी बाहिर निस्कनाले बाहिरको चिसो हावाले छालाई सुख्खा बनाउन पाउँदैन ।

जाडोमा छालाको लागि प्रयोग हुने घरेलु सामाग्री–

१. मह र केराको मिश्रण
महलाई प्राकृतिक रुपमा छालाको विशेष स्याहारको लागि प्रयोग गरेको पाइन्छ । मह छालाको लागि अति उपयोगी हुन्छ । पाकेको केरालाई पिसेर बराबर मात्रामा मिसाई अनुहारमा लगाई हलका मालिस गरेर १० मिनेट रहन दिनुपर्छ । त्यसपछि मनतातो पानीले पखाल्ने यसो गर्दा छाला नरम र मुलायम हुनुका साथै चम्किलो हुन्छ । यसले फुटेको छालालाई निको बनाउँछ । अनुहार, ओठ तथा हातखुट्टा सबैतिर लगाउन सकिन्छ ।

२ बदामको तेल
बदामको तेलमा भरपुर मात्रामा मोस्चुराइजर हुन्छ । यसले फुटेको सुख्खा र रुखो छालालाई नमी प्रदान गरी नरम र चम्किलो राख्न मद्दत गर्छ । सफा छालामा आवश्यक मात्रामा बदामको तेल लिने १० मिनेट मालिस गर्नाले छालामा रक्तसञ्चार बृद्धि गरी छाला स्वस्थ नरम हुन्छ ।

३ एलोभेरा
एलोभेराले छालालाई हाइड्रेट गराउँछ । पटपट फुटेको छालामा एलोभेराको जेल प्रयोग गर्नाले चाडै निको हुन्छ । जाडो महिनामा छाला सुख्खा र पातलो हुनाले पोल्ने विविरा आउने हुन्छ । यस्तो समस्या एलोभेराको पात काटेर जेल निकाली लगाउनाले समस्या हराएर जान्छ ।

४ चिनी र दुध
दुधमा चिनी मिसाएर हल्का मालिस गर्नाले छालाको मृतकोषिका हट्नुको साथै नयाँ कोषिका उत्पादन गर्नमा मद्दत गर्छ ।

५ अण्डा र महको मिश्रण
अण्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । जुन छालाको लागि निकै प्रभावकारी मानिन्छ । अण्डा र महको मिश्रणलाई अनुहारमा लगाउने १५ मिनेट सुक्न दिने, त्यसपछि मन तातो पानीले पखाल्नुपर्छ । यसरी छाला कसिलो हुनुको साथै स्वस्थ र चम्किलो हुन्छ ।
अन्तमा
हाइड्रा फेसियलले छालालाई भित्रैबाट हाइड्रेट गरी टोन गराउँछ । त्यसैले जाडोमा हाइड्रा फेसियल अझ प्रभावकारी हुन्छ । दक्ष व्यक्तिको हातबाट हाइड्रा फेसियल गरी छालामा स्वस्थता कायम गर्न सकिन्छ ।
साधारण तथा जाडो महिनामा गर्मीमा भन्दा छाला सुख्खा हुने फुट्ने विविरा आउने पोल्ने जस्ता समस्या बढ्छ । यस्तो बेलामा आफैँले विशेष छालाको हेरचाह गर्नुपर्छ । तर छालामा देखिने समस्या लामो समयसम्म निको भएन भने छाला विशेषज्ञलाई देखाएर मात्र प्रोडक्ट तथा औषधीको प्रयोग गर्नुपर्छ ।