सबैको रोजाई सिन्दुर बुटिक

23


धादिङको चरौदिमा जन्मिनु भएको अन्जु सिम्खडा पाण्डे एक सफल बुटिक व्यवसायी तथा मिस युथ नेपाल २०६१ को बिजेता हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनु भएको अन्जु बाल्यकालमा निकै चञ्चले स्वभावको हुनुहुन्थ्यो । आफ्नो मिठो बोलीले सबैलाई प्रभावित पार्न सक्ने अञ्जु सानैदेखि सहजै हरेकसँग घुलमिल हुनसक्नु हुन्थ्यो ।

हाँस्दै, खेल्दै, स्कूल र घर गर्दै उहाँको बाल्यकाल निकै अविस्मरणीय रुपमा बित्यो । धादिङबाट नै २०६१ सालमा एसएलसी दिएपछि भविष्यको खोजीमा उहाँ काठमाडौं आउनुभयो । काठमाडौं आएपछि पढाइसँगै उहाँले आफ्नो करियरको यात्रा मोडलिङबाट सुरु गर्नु भयो । २०६१ सालमा नै ‘मिस युथ नेपालको उपाधि जित्नु भयो । साथमा उहाँले केही म्युजिक भिडियोमा पनि काम गर्नु भयो ।

त्यसै अनुरुप उहाँले घरेलु तथा साना उद्योगबाट डिजाइनरको कोर्ष गर्नु भयो । उहाँले जे काम थालनी गर्नु हुन्थ्यो । त्यसमा आफ्नो पूर्ण मेहेनत सर्मप्रित गर्नु हुन्थ्यो । त्यसले उहाँले सिटिइभिटिबाट पनि डिजाइनरको कोर्ष लिनुभयो । केही समय त्यही उहाँले ट्रेनरको रुपमा पनि काम गर्नुभयो । उहाँको सिप र क्षामताको धेरैले प्रशंसा गर्नु हुन्थ्यो । उहाँले विभिन्न वडामा पुगेर पनि महिलाहरूलाई सिप सिकाउनु भयो ।

उहाँले आफ्नो विजनेशको यात्रा घरबाट नै सुरु गर्नु भएको थियो । सबै जना खाना खाएर सुतेपछि उहाँले आफ्नो काम सुरु गर्नु हुन्थ्यो । काम गर्दा गर्दै विहानको १,२ बज्थ्यो तर पनि काममा उहाँको लगाब यति धेरै थियो कि समयको कुनै प्रवाह नै हुँदैन थियो । घरमा सिलाईका काम गर्दा उहाँले सामान्य आफन्त परिवार छिमेकीहरूको कपडा सिलाउनु हुन्थ्यो । केही समय उहाँले जागिर पनि गर्नु भएको थियो । तर जागिरमा कामदारलाई गरेको व्यवहार देखेर उहाँले जसरी हुन्छ आफ्नै बुटिक खोल्ने निर्णय गर्नु भयो ।

२०६५ सालमा काठमाडौंको बाफलमा बस्नुहुने राजेन्द्र पाण्डेसँग उहाँको विवाह भयो । विवाहपछि केही समय परिवारको हेरचाहामा नै बित्यो । २०६६ सालमा छोरी अग्रता पाण्डेको जन्म भयो । त्यसपछि उहाँले आफ्नो सिपलाई निर्खान छोरीको लागि डिजाइनर कपडा बनाएर ट्राई गर्नुहुन्थ्यो ।

२०७३ सालमा कंलकीमा सिन्दुर नामक बुटिक खोलेपछि उहाँले पूर्ण रुपमा आफ्नो समय बुटिकमा दिन थाल्नुभयो । अहिले सिन्दुर बुटिक कंलकीबाट काठमाडौंको खिचापोखरीमा सरेको छ । विशेष गरी ब्राइडल ड्रेसहरू बनाउने सिन्दुर बुटिकले ग्राहकको माग अनुसार उच्च डिजाइनका ड्रेसहरू समेत बनाउने गरेको छ ।

सिन्दुर बुटिकमा बनेका ड्रेसहरू नेपाल मात्र हैन क्यानडा, जापान, अष्ट्रेलिया सिंगापुर लगायत विभिन्न देशमा बस्ने महिलाहरूको रोजाइमा परेको छ । ग्राहकको रोजाई र सुपत मूल्यमा डिजाइन ड्रेसहरू बन्ने भएपछि आजभोलि सबैको रोजाई सिन्दुर बुटिक बन्नु सोभाबिक हो । एक महिलालाई घर परिवार सम्हालेर आफ्नो विजनेशमा समय दिन निकै कठिन छ । त्यसैले अन्जु भन्नु हुन्छ–‘समाजमा जति नै धेरै परिवर्तन आए पनि हामी महिलाहरूले सोचे अनुसार घरसँगै विजनेश चलाउन सहज छैन । तर आपसी समझदारी र भावनाको कदर गर्ने परिवार मिल्यो भने असम्भव भन्ने कुरा पनि केही छैन ।’
अन्जु समाजको एक प्रतिनिधि पात्र हुनुहुन्छ । समाज परिवर्तनसँगै अहिले धेरै महिलाहरूले परिवार संगसँगै आफ्नो विजनेश चलाएर समाजमा आफ्नो नाम उच्च राख्नु भएको छ ।